२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

च्याटजीपीटीको भविष्यबाणी आधारमा,१२ वर्षको वैवाहिक सम्बन्ध डिभोर्सको प्रक्रियामा

२०८२, २ जेष्ठ बिहीबार १३:५३

एक ग्रिक महिलाले आफ्नो पतिको कफीको कपको तस्बिर च्याटजीपीटीमा देखाएर भविष्यवाणी गराएपछि १२ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने प्रयास गरेकी छन् । दुई सन्तानकी आमा रहेकी ती महिलाले च्याटजीपीटीले दिएको उत्तरलाई यथार्थ ठानेर सोही आधारमा डिभोर्स प्रक्रिया अगाडि बढाएकी हुन् ।

ओपनएआईले तयार गरेको एआई च्याटबट च्याटजीपीटीमा उनले परम्परागत तासेग्राफी (कफी घुलिसकेपछि बाँकी रहेको अवशेषबाट भविष्यवाणी गर्ने विधि) को सहारा लिँदै पतिको कपको तस्बिर पठाएकी थिइन् । च्याटजीपीटीले दिएको जवाफमा उनको श्रीमान् एक युवतीसँग प्रेम सम्बन्धमा रहेको र ती युवतीले परिवार बिगार्ने प्रयास गरिरहेकी बताएको थियो ।

यो जवाफलाई गम्भीर रूपमा लिएकी महिलाले तुरुन्तै श्रीमान्लाई घरबाट निस्कन भनिन्, बच्चाहरूलाई डिभोर्सको बारेमा जानकारी दिइन्, र केही दिनमै कानुनी प्रक्रिया थालिन् । श्रीमान्‌ले एक ग्रिक टेलिभिजन कार्यक्रम ‘टु प्रोइनो ’ मा घटनाको खुलासा गरेका छन् । “उनी प्रायः नयाँ ट्रेन्डहरूमा रमाउँछिन्,” उनले भने, “एक दिन उनले हामीलाई ग्रिक कफी बनाएर रमाइलोका लागि कपको फोटो खिचिन् र च्याटजीपीटीलाई देखाइन् ।”

उनका अनुसार कपको फोटो हेरेर एआईले एउटा ‘इ ’ अक्षरबाट सुरु हुने महिलाको विषयमा बतायो जससँग उनी भावनात्मक रूपमा जोडिने भविष्यवाणी गरिएको थियो । पत्नीको कपमा भने पति पहिले नै सम्बन्धबाहिर रहेको र अर्को महिलाले घर बिगार्न खोजिरहेको उल्लेख गरिएको थियो । “मैले त यो कुरा मजाकमै लिएँ,” उनले भने, “तर उनले गम्भीर रूपमा लिइन् । केही दिनमै मलाई वकिलबाट डिभोर्स कागज आयो ।” श्रीमान्‌का वकिलले एआईको भविष्यवाणीलाई कानुनी आधार मान्न नपाइने भन्दै आफ्नो पक्ष निर्दोष रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी