भदौ ३, दाङ । जिल्ला भूमिसुधार कार्यालय दाङमा पाँच महिनादेखि कार्यालय प्रमुख विहीन भएको छ ।
भूमिसुधार अधिकारी टीकाराम ढकाल गएको चैत १३ गते सरुवा भएपछि कार्यालय प्रमुख विहीन बनेको हो । सरुवा भएको पाँच महिना पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा कार्यालयबाट प्रवाह हुने सेवामा समस्या आएको छ ।
कार्यालयको जिम्मा निमित्त कार्यालय प्रमुख नारायणप्रसाद पोख्रेलले समालेका छन् । तर उनले आफूलाई अधिकार नदिएका कारण अन्तिम अवस्थामा रहेका मुद्दाको फैसलासमेत हुननसकेको बताए ।