2026-10-07 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध :हितेन्द्रदेव शाक्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध देखिएको बताएका छन् । शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रसारणलाइनमा समस्या आउँदा बिजुली आपूर्तिमा अवरोध देखिएको बताए ।

उनले बिहीबार बेलुकी ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किटलाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौंसहित केही स्थानमा बिजुली आपूर्ति हुन नसेकेको बताए ।

भारतको लाइनमार्फत नेपालमा भइरहेको विद्युत् आयातसमेत केही समय रोकिएका कारण बिजुली जाने समस्या आएकाले जनमानसमा लोडसेडिङको भ्रम सिर्जना भएको उनको भनाइ छ ।

प्राधिकरणले नेपालमा पुनः लोडसेडिङ हुने सम्भावना पूर्णरूपमा अस्वीकार गरेको छ । कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याहरूलाई दीर्घकालीनरूपमा समाधान गरिने तर यसका लागि केही समय लाग्ने बताए ।

उनले अहिले करिब १४ सय मेगावाट विद्युत् उत्पादन र पिक आवरमा दुई हजार मेगावाट माग रहको जानकारी दिए । प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता लोड धान्न सक्ने अवस्था नरहेकाले पनि समयसमयमा बिजुली जाने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए