इन्द्र ब बुढाथोकी/भदौ ५, सल्यान । बन्गाड कुपिण्डे नगरपालिकाका १२ वटै वडामा सचिव बिहिन भएका छन् । 

स्थानीय तहको निर्वाचन पश्चात सचिवहरु सरुवा भएर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इन्द्र ब बुढाथोकी/भदौ ५, सल्यान । बन्गाड कुपिण्डे नगरपालिकाका १२ वटै वडामा सचिव बिहिन भएका छन् । 

स्थानीय तहको निर्वाचन पश्चात सचिवहरु सरुवा भएर "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान बनगाड कुपिन्डे नगरपालिकाका १२ वटै वडा सचिवविहिन

५ भाद्र २०७४, सोमबार ०७:३३


इन्द्र ब बुढाथोकी/भदौ ५, सल्यान । बन्गाड कुपिण्डे नगरपालिकाका १२ वटै वडामा सचिव बिहिन भएका छन् । 

स्थानीय तहको निर्वाचन पश्चात सचिवहरु सरुवा भएर गएको र  नयाँ सचिव नआउदा नगरपालिकाका १२ वटै वडा सचिव बिहिन भएका हुन् । सचिव नहुँदा सर्वसाधरणहरु कार्यालयबाट रित्तो हात फर्किनु पर्ने बाध्यता रहेको छ । 

निर्वाचन पछि भएका सचिवहरु सबै सरुवा भएर गएको र नयाँ सचिवले आउन नमानेका कारण समस्या भएको बन्गाड कुपिण्डे नगरपालिकाका कार्यकारी अधिकृत हरि बहादुर खत्रीले जानकारी दिनु भयो । 

वडा सचिवहरु नहुँदा जनप्रतिनिधिहरुलाई काम कसरी गर्ने भनेर अन्यौलता बढेको उहाँको भनाई रहेको छ । आवश्यक कर्मचारीको व्यवस्थापन हुन नसक्दा सेवाग्राहीले छिटो छरितो र सुलभ ढंगले सेवा पाउन नसकि रहेको अधिृकत खत्रीले बताउनु भयो । 

उहाँले भन्नुभयो- निर्वाचन भएको दुई महिना पुगी सक्यो तर कर्मचारीको व्यवस्थापन हुन सकि रहेको छैन अनि कसरी सिमित कर्मचारीले सेवाग्राहीलाई छिटो छरितो सेवा दिन सक्छ । 

जनताबाट निर्वाचित मेयर तथा उपमेयर समेत एक महिनादेखि कार्यालयमा नआएको सेवाग्राहीको भनाई रहेको छ । नगरसभा पछि मेयर उपमेयर कार्यालयमा जति पटक आउदा पनि भेट्न नपाएको एक स्थानीयले बताए । 

उनले भने नगरपालिकाबाट एउटा सिफारिस लिनु थियो सिफारिसका लागि धेरै पटक कार्यालयमा गए तर कहिलै मेयर र उपमेयरलाई भेटन सकिन। गाउँमै कार्यालय आएपछि कामकाज छिटो होला भनेको त झनै ढिला पो हुने रहेछ । 

एकातिर आवश्यक कर्मचारीको अभाव अर्कोतिर भएका कर्मचारीहरुबाट पनि काम छिटो नगरि दिदा सेवाग्राही बढि प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु