४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका सबै नगर र गाविस पुर्ण खोप सुनिश्चित घोषणा

२९ मंसिर २०७२, मंगलवार ०६:५७

प्रकाश धौलाकोटी/ मंसिर २९, तेह्रथुम । सन् २०१५ भित्र जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत तेह्रथुमका सबै गाविस र नगरपालिका आजबाट पुर्ण खोप सुनिश्चित घोषणा भएका छन् ।

आज पश्चिमी आङ्दिम गाविस पुर्ण खोप सुनिश्चित घोषणा भएसँगै जिल्लाका दुई नगरपालिका र सबै २१ गाविस पुर्ण खोप सुनिश्चित भएका हुन् । जिल्ला स्थित ९ महिना देखि २२ महिनासम्मका बालबालिकालाई सबै प्रकारका खोप प्रदान गरी पुर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत सबै गाविस र नगरपालिका पुर्ण खोप सुनिश्चित घोषणा गरी सकिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत जगन्नाथ दंगालले बताउनुभयो ।

यस्तै तेह्रथुम जिल्लालाई खुला दिशामुक्त बनाउने अभियान अन्तर्गत सबै नगरपालिका र गाविस समेत खुला दिशामुक्त भइसकेका छन् । अब पौष दोस्रो साताभित्र विशेष समारोहकाबीच जिल्लालाई एकैपटक खुला दिशामुक्त तथा पुर्ण खोप सुनिश्चित जिल्ला घोषणाको लागि तयारी भइरहेकोे स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्कीले बताउनुभयो ।
जिल्लालाई सन् २०१५ भित्र खुला दिशामुक्त र पुर्ण खोप सुनिश्चित जिल्ला बनाउन यतिवेला जिल्लाका कर्मचारी, राजनीतिक दल, गैरसरकारी संस्था, शिक्षक, विद्यार्थी र सर्वसाधारण सबै जुटिरहेका छन् ।

यसैबीच क्षेत्रीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति धनकुटाको एक टोलीले आजबाट तेह्रथुममा चर्पी निर्माणको अवस्थाबारे अनुगमन सुरु गरेको छ । जिल्लालाई सन् २०१५ भित्र खुला दिशामुक्त तथा पुर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत क्षेत्रीय अनुगमन समितिको टोलीले खुला दिशामुक्त तथा पुर्ण खोप सुनिश्चित घोषणा भएका जिल्ला गाविस तथा नगरपालिकाहरुको अनुगमन थालेको हो ।

अनुगमनकालागि हिजो साँझ तेह्रथुम आएको टोलीले आज विहान बसेको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति र पुर्ण खोप सुनिश्चितता समन्वय समितिको संयुक्त बैठकको निर्णयअनुसार आजैबाट अनुगमन थालेको छ ।

अनुगमन टोलीले म्याङलुङ नगरपालिकाका वडा नम्बर १ र ४, लालीगुराँस नगरपालिकाको १ नम्बर वडा तथा हमरजुङ, मोराहाङ, सिम्ले, खाम्लालुङ, ईवा र छातेढुंगा गाविसका एक एक वडाका ५ प्रतिशत घरधुरीमा पुगेर चर्पी निर्माण र प्रयोगको अवस्थाबारे अनुगमन गर्ने जनाइएको छ ।

सोही योजना अनुरुप आज टोलीले म्याङलुङ नगरपालिकाको वडा नम्बर १ र ४ तथा मोराहाङ गाविसको अनुगमन गरेको जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका प्रमुख रमेशमान चित्रकारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता