२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका सबै नगर र गाविस पुर्ण खोप सुनिश्चित घोषणा

२०७२, २९ मंसिर मंगलवार ०६:५७

प्रकाश धौलाकोटी/ मंसिर २९, तेह्रथुम । सन् २०१५ भित्र जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत तेह्रथुमका सबै गाविस र नगरपालिका आजबाट पुर्ण खोप सुनिश्चित घोषणा भएका छन् ।

आज पश्चिमी आङ्दिम गाविस पुर्ण खोप सुनिश्चित घोषणा भएसँगै जिल्लाका दुई नगरपालिका र सबै २१ गाविस पुर्ण खोप सुनिश्चित भएका हुन् । जिल्ला स्थित ९ महिना देखि २२ महिनासम्मका बालबालिकालाई सबै प्रकारका खोप प्रदान गरी पुर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत सबै गाविस र नगरपालिका पुर्ण खोप सुनिश्चित घोषणा गरी सकिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत जगन्नाथ दंगालले बताउनुभयो ।

यस्तै तेह्रथुम जिल्लालाई खुला दिशामुक्त बनाउने अभियान अन्तर्गत सबै नगरपालिका र गाविस समेत खुला दिशामुक्त भइसकेका छन् । अब पौष दोस्रो साताभित्र विशेष समारोहकाबीच जिल्लालाई एकैपटक खुला दिशामुक्त तथा पुर्ण खोप सुनिश्चित जिल्ला घोषणाको लागि तयारी भइरहेकोे स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्कीले बताउनुभयो ।
जिल्लालाई सन् २०१५ भित्र खुला दिशामुक्त र पुर्ण खोप सुनिश्चित जिल्ला बनाउन यतिवेला जिल्लाका कर्मचारी, राजनीतिक दल, गैरसरकारी संस्था, शिक्षक, विद्यार्थी र सर्वसाधारण सबै जुटिरहेका छन् ।

यसैबीच क्षेत्रीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति धनकुटाको एक टोलीले आजबाट तेह्रथुममा चर्पी निर्माणको अवस्थाबारे अनुगमन सुरु गरेको छ । जिल्लालाई सन् २०१५ भित्र खुला दिशामुक्त तथा पुर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत क्षेत्रीय अनुगमन समितिको टोलीले खुला दिशामुक्त तथा पुर्ण खोप सुनिश्चित घोषणा भएका जिल्ला गाविस तथा नगरपालिकाहरुको अनुगमन थालेको हो ।

अनुगमनकालागि हिजो साँझ तेह्रथुम आएको टोलीले आज विहान बसेको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति र पुर्ण खोप सुनिश्चितता समन्वय समितिको संयुक्त बैठकको निर्णयअनुसार आजैबाट अनुगमन थालेको छ ।

अनुगमन टोलीले म्याङलुङ नगरपालिकाका वडा नम्बर १ र ४, लालीगुराँस नगरपालिकाको १ नम्बर वडा तथा हमरजुङ, मोराहाङ, सिम्ले, खाम्लालुङ, ईवा र छातेढुंगा गाविसका एक एक वडाका ५ प्रतिशत घरधुरीमा पुगेर चर्पी निर्माण र प्रयोगको अवस्थाबारे अनुगमन गर्ने जनाइएको छ ।

सोही योजना अनुरुप आज टोलीले म्याङलुङ नगरपालिकाको वडा नम्बर १ र ४ तथा मोराहाङ गाविसको अनुगमन गरेको जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका प्रमुख रमेशमान चित्रकारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन