२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एउटा यस्तो गाउँ, जहाँ एक महिनासम्म पनि आगो बाल्न पाइँदैन

२०७४, ८ भाद्र बिहीबार ०५:०२


भदौ ८, सोलुखुम्बु । साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ । 

त्यस गाउँका कसैले पनि साउन महिनामा आगो बाल्दैनन् । आगो बाल्न नपाउने भएपछि भएका चौरी तथा जोक्पेसमेत लिएर सोही गाउँपालिकाको नाम्चे, खुम्जुङलगायतका विभिन्न वस्तीमा पुगेका स्थानीय फर्किएसँगै चहलपहल र धुवाँ देखिन थालेको हो । 

साउन महिनाभर आगो नबाल्ने यस गाउँको परम्परागत संस्कार अनुसार यस वर्ष पनि गाउँमा कसैले आगो नबालेको स्थानीय व्यवसायी गेलु शेर्पाले बताउनुभयो । एक महिनापछि गएको शनिबार मात्र गाउँ फर्कनुभएका शेर्पाले अब भने स्थानीयको दैनिक कामकाज सुरु भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिलेदेखि नै यस्तै चलन छ, पुर्खादेखि मान्दै आएको चलन यस वर्ष पनि मानियो ।” 

खुम्बु पदमार्गको पर्यटकीय गाउँका रुपमा चिनिने दिङ्बुचेमा आगो बाल्दा खेती गरिएको आलु, उवा जस्ता अन्नलाई धुवाँले असर गर्छ भन्ने मान्यतासहित आगो बाल्न प्रतिबन्ध लगाइएको र सो चलन अहिले संस्कारकै रुपमा मानिदै आएको स्थानीय अगुवा बताउँछन् । 

आगो बाल्न नपाइने भएपछि साउन महिनाभर गाउँमा कोही पनि बस्दैनन् र भदौ लागेसँगै चहलपहल शुरु हुन्छ । पर्यटकीय क्षेत्र भएपनि साउन महिना पर्यटक नआउने महिना भएकाले यो चलनबाट आफूहरुलाई खासै समस्या नभएको स्थानीय बताउँछन् । 

कहिलेदेखी यो चलन शुरु भएको भन्ने यकिन नभएपनि पुर्खाहरु चौँरी गोठ लिएर आई मानव वस्ती बसाली खेती गर्न थालेसँगै यो चलन शुरु भएको हुनसक्ने स्थानीय अगुवाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै