११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

‘छोरा तिम्रो लागि केही गर्न सकिनँ’भन्दै आमाले गरिन् आत्महत्या,छोराको लागि सुसाइड नोट छोडिन्

१३ जेष्ठ २०८२, सोमबार १५:१७

काठमाडौँ । आइतबार भक्तपुरको सुर्यविनायकमा मृत अवस्थामा फेला परेकी रोशनी शाहीले लेखेको सुसाइड नोट प्रहरीले फेला पारेको छ । घटनास्थलमा भेटिएको दुई पेज लामो नोटको ‘परीक्षण’ गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी ढुण्डिराज नेउपानेले बताए ।

शाही जेठ ११ मा दिउँसो सुर्यविनायक नगरपालिका–३ स्थित आफू बस्ने फ्ल्याटमा मृत अवस्थामा फेला परेकी थिइन् । बालकोट वृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको घरको पहिलो तलामा शवसँगै भेटिएको नोटमा उनले आफ्नो छोरालाई सम्बोधन गरेकी छन् । छोराको लागी केही गर्न नसकेको भन्दै उनले लेखेकी छन्– ‘जीवनदेखि हार खाएँ ।’

अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार नोटमा लेखिएको छ– ‘छोरा, मैले तिम्रो भविष्यको लागी केही गर्न सकिनँ, जीवनदेखि हार खाएँ, तिमीलाई पैसा पठाउन नसके आत्महत्या गर्छु सोचेको थिएँ ।’ उनले बाँकेको कोहलपुरमा भएको १७ कट्ठा सम्पत्तिबारे पनि उल्लेख गरेकी छन् । रोशनीका छोरा अमेरिका र छोरी पनि विदेशमा बस्छिन् ।

श्रीमान चित्रजंग शाही १५ दिनअघि विराटनगर गएका थिए । लामो समयसम्म ढोका नखुलेपछि घरधनीले चित्रजंगलाई फोन गरेर जानकारी गराए । डिप्रेसनको औषधी खाने हुनाले ढोका फोडेर हेर्न चित्रजंगले नै आग्रह गरेपछि घरधनीले प्रहरीलाई खबर गरे । परिसर भक्तपुरका डीएसपी नेउपाने भन्छन्– ‘हामीले जनप्रतिनिधिको रोहबरमा ढोका फुटाएर हेर्दा उहाँ मृत अवस्थामा हुनुहुन्थ्यो ।’

५० वर्षीया रोशनीले ओभर डोज औषधी खाएको आशङ्का गरिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘ओभर डोज औषध सेवन गरेको वा नगरेको परीक्षणपछि थाहा हुन्छ ।’

शवको पोस्टमार्टम र भिसेरा परीक्षण गर्न उनको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । फ्ल्याटमा उनी घोप्टो परेर मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति