२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

श्रीजुङमा चासोक तङ्नाम मेला लाग्ने

२ पुष २०७२, बिहीबार ०३:१४

patrakar sammelanप्रकाश धौलाकोटी/पौष २, तेह्रथुम । किराँत लिम्बुहरुको महान चाड चासोक तङ्नाम उधौली पर्व यसबर्ष श्रीजुङ गाउँ विकास समितिमा भव्यताका साथ मनाईने भएको छ ।

कार्यक्रमको आयोजक थोक्पेफुङ केलाङ सयङले सदरमुकाम म्याङलुङमा पत्रकार भेटघाटको आयोजना गर्दै बिभिन्न मौलिक संस्कृति तथा परम्परागत खेलहरुको साथमा चासोक तङनाम मनाउने जानकारी दिएको हो ।

लिम्बुहरुको जातीय मुख्य चाडको रुपमा रहेको यो पर्व श्रीजुङको आजिराममा बिविध कार्यक्रमको आयोजना गरि मनाउन लागिएको कार्यक्रम आयोजकका संयोजक राजकुमार लुम्फुङवाले जानकारी दिनुभयो ।

आगामी पुष १० गते पर्ने यो पर्व राष्ट्रिय तथा स्थानिय गायक कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतीको साथमा पुष १० र ११ गते मेलाको समेत आयोजना गरि मनाईने भएकोछ ।

लिम्बु पहिचान बोकेको माङलाङ, केलाङ, येबालाङ, यालाङ लगायतका नृत्यहरुको साथमा सुरु हुने पर्वमा हाक्पारे पालाम, गुलेली हान्ने, तिर हान्ने, छेलो हान्ने, थलि हान्ने, डोरी तान्ने लगायतका परम्परागत खेलहरुको समेत प्रतिष्पर्धा गराईने आयोजक सयङका सहसंयोजक रुपबहादुर लिम्बुले बताउनुभयो ।

२ दिनसम्म भव्यताका साथ मनाईने चासोक तङनाम उधौली पर्वमा प्रत्येक दिनको साँझमा पाहुना सत्कारको रुपमा परापुर्वकाल देखी लिम्बु जातीले जिवनयापनका लागी खादै आएको पेना माङदक, सगि सुम्बक(सिस्नोको दाल), याङबेन (झ्याउ), किनिमा, तोङवा, खरेङ लगायतका परिकारहरुको व्यावस्था गरिएको आयोजक सयङका सदस्य दिपेन चोङबाङले बताउनुभयो ।

लिम्बुहरुको जातिय संस्था किरात थाक्थुङ चुम्लुङले हरेक बर्षको चासोक तङनाम सुभकामना आदान प्रदान तथा चियापान गरेर मनाउने गरेको भएपनि यो केलाङ सयङले २ दिनसम्म मेलाकै आयोजना गरि औपचारिक कार्यक्रमको बिच मनाउने भएको हो ।

जमिनमा खेति गरि पाकेको नयाँ अन्नवाली मानिसले नखाई पहिले प्रकृतीलाई नै चढाउने चार्डको रुपमा परिचित यो तङनाम बिषेश गरेर, पाँचथर, ईलाम, धरान, मोरङ काठमाडौ र ललितपुर लगायतको क्षेत्रमा प्रत्येक बर्ष भव्यताका साथ मनाउने गरिएको छ । हरेक बर्षको मंसिर पुर्णिमाको दिन पर्ने यो पर्वलाई राष्ट्रियकरण गर्दै सरकारले यो दिन सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव