२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा आपत्कालीन कार्य सञ्चालन केन्द्रले काम थाल्यो

२०७४, ९ भाद्र शुक्रबार ०३:५६

भदौ ९, नुवाकोट । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र नुवाकोटले कार्य शुरु गरेको छ । 

एक वर्षअघि स्थापना भएर पनि निष्क्रिय रहेको केन्द्रलाई पछिल्लो समय विपत्का घटनामा भएको वृद्धिसँगै सूचना सम्प्रेषणमा देखिएको कठिनाइलाई अन्त्य गर्न बिहीबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो । 

जिल्ला प्रशासन कार्यालय नुवाकोट परिसरस्थित जिल्ला दैवीप्रकोप उद्धार समितिको भवनबाट सञ्चालनमा आएको केन्द्रले जिल्लामा भएका विपत्सँग सम्बन्धित घटनाको सूचना संकलन गरी जिल्ला र केन्द्रमा जानकारी गराउन शुरु गरेको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो ।

“तत्कालका लागि केन्द्रलाई नेपाल प्रहरीमार्फत सञ्चालन गरिएको छ ।” प्रजिअ बरालले भन्नुभयो, “विपत्को सूचना सम्प्रेषण प्रभावकारी बनाउन आगामी दिनमा सुरक्षा निकायका सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीसमेत संलग्न गराउन लागेका छौँ ।” 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा अत्याधुनिक सञ्चार उपकरण र बन्दोबस्तीको सामग्रीसहित सञ्चालनमा ल्याइएको केन्द्रले जिल्लामा प्राकृतिक तथा मानव सिर्जित विपत्का घटनासँग सम्बन्धित सूचनाको संकलन र विश्लेषण गरी जिल्लास्थित सरोकारवाला कार्यालयदेखि गृह मन्त्रालयमा रहेको केन्द्रीय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा समेत सम्प्रेषण गर्ने जिम्मेवारी दिइएको छ । 

केन्द्र सञ्चालनले विपत्का घटनाको सूचनालाई तथ्यपरकरुपमा समयमै संकलन गरी सम्बन्धित निकायमा सम्प्रेषण गर्दै घटना हुनुपूर्व हुनै नदिन र भएमा पनि ठूलो जनधनको क्षति हुनबाट रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा