११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा आपत्कालीन कार्य सञ्चालन केन्द्रले काम थाल्यो

९ भाद्र २०७४, शुक्रबार ०३:५६

भदौ ९, नुवाकोट । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र नुवाकोटले कार्य शुरु गरेको छ । 

एक वर्षअघि स्थापना भएर पनि निष्क्रिय रहेको केन्द्रलाई पछिल्लो समय विपत्का घटनामा भएको वृद्धिसँगै सूचना सम्प्रेषणमा देखिएको कठिनाइलाई अन्त्य गर्न बिहीबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो । 

जिल्ला प्रशासन कार्यालय नुवाकोट परिसरस्थित जिल्ला दैवीप्रकोप उद्धार समितिको भवनबाट सञ्चालनमा आएको केन्द्रले जिल्लामा भएका विपत्सँग सम्बन्धित घटनाको सूचना संकलन गरी जिल्ला र केन्द्रमा जानकारी गराउन शुरु गरेको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो ।

“तत्कालका लागि केन्द्रलाई नेपाल प्रहरीमार्फत सञ्चालन गरिएको छ ।” प्रजिअ बरालले भन्नुभयो, “विपत्को सूचना सम्प्रेषण प्रभावकारी बनाउन आगामी दिनमा सुरक्षा निकायका सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीसमेत संलग्न गराउन लागेका छौँ ।” 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा अत्याधुनिक सञ्चार उपकरण र बन्दोबस्तीको सामग्रीसहित सञ्चालनमा ल्याइएको केन्द्रले जिल्लामा प्राकृतिक तथा मानव सिर्जित विपत्का घटनासँग सम्बन्धित सूचनाको संकलन र विश्लेषण गरी जिल्लास्थित सरोकारवाला कार्यालयदेखि गृह मन्त्रालयमा रहेको केन्द्रीय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा समेत सम्प्रेषण गर्ने जिम्मेवारी दिइएको छ । 

केन्द्र सञ्चालनले विपत्का घटनाको सूचनालाई तथ्यपरकरुपमा समयमै संकलन गरी सम्बन्धित निकायमा सम्प्रेषण गर्दै घटना हुनुपूर्व हुनै नदिन र भएमा पनि ठूलो जनधनको क्षति हुनबाट रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु