१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिदिङ्वामा तीनदिने पर्यटन महोत्सव

१६ जेष्ठ २०८२, बिहीबार ११:२६

काठमाडौं । धार्मिक तथा पर्यटकीयस्थल सिदिङ्वा धामको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका गर्ने उद्देश्यले सिदिङ्वा गाउँपालिकाको आयोजनामा तीनदिने पर्यटन महोत्सव सुरु भएको छ ।

समुद्री सतहबाट तीन हजार ५१५ मिटरको उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले भरिपूर्णको रमणीयस्थल हो । धार्मिक महत्वका साथै पर्यटन विकासको पनि प्रचुर सम्भावना रहेकाले यो क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखेर महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

महोत्सवमार्फत ढुङ्ढुङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गाजस्ता गाउँपालिकाभित्रका अन्य पर्यटकीयस्थलको पनि प्रचारप्रसार गरिनेछ ।

गाउँपालिका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा धाम कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार भए तापनि पर्याप्त प्रचारप्रसार नहुँदा यो स्थल उपेक्षित रहेको बताउनुभयो । महोत्सवका माध्यमबाट यस क्षेत्रमा स्थानीय र बाह्य पर्यटकको आगमन बढाउने विश्वास उहाँले विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादन प्रदर्शनी, नौमती बाजा, च्याब्रुङ नाचसहितका सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन् । महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

मेलास्थलबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, पाथीभरा (मुक्कुमलुङ), तिम्बुङ पोखरी तथा भारतका सिक्किम र दार्जिलिङको दृश्यावलोकन गर्न सकिन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द