२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा मानव बेचबिखनमा संलग्नलाई १० वर्ष कैद फैसला

२०७४, ९ भाद्र शुक्रबार ०९:०८

भदौ ९, नुवाकोट। चार वर्षअघि महिला बिक्री गरेको आरोपमा पक्राउ परेका दुप्चेश्वर गाउँपालिका–१ का फूर्पा तामाङलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । 

नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहको इजलाशले आरोपी तामाङको कसूर प्रमाणित गरी बिहीबार १० वर्ष कैद सजाय र रु ५० हजार जरिवाना गरेको हो । 

तामाङले २०७० चैत १४ गते दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीकी २१ वर्षीया युवतीलाई ललाइफकाइ भारतमा बिक्री गर्न लगेको प्रहरीले जनाएको छ । पीडित युवतीको उजुरीका आधारमा आरोपी तामाङलाई पक्राउ गरी प्रहरीले २०७२ असोज २५ गते मुद्दा दर्ता गरेको थियो । उक्त घटनामा संलग्न भएकाहरु अन्य पाँचजना भने फरार रहेका छन् । फरार रहेका दुप्चेश्वर गापा–१ का साइला तामाङ, गोथे तामाङ, सोमर लामा, आशा तामाङ र होना तामाङको सजाय भने मुल्तवीमा राखिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा