११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा मानव बेचबिखनमा संलग्नलाई १० वर्ष कैद फैसला

९ भाद्र २०७४, शुक्रबार ०९:०८

भदौ ९, नुवाकोट। चार वर्षअघि महिला बिक्री गरेको आरोपमा पक्राउ परेका दुप्चेश्वर गाउँपालिका–१ का फूर्पा तामाङलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । 

नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहको इजलाशले आरोपी तामाङको कसूर प्रमाणित गरी बिहीबार १० वर्ष कैद सजाय र रु ५० हजार जरिवाना गरेको हो । 

तामाङले २०७० चैत १४ गते दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीकी २१ वर्षीया युवतीलाई ललाइफकाइ भारतमा बिक्री गर्न लगेको प्रहरीले जनाएको छ । पीडित युवतीको उजुरीका आधारमा आरोपी तामाङलाई पक्राउ गरी प्रहरीले २०७२ असोज २५ गते मुद्दा दर्ता गरेको थियो । उक्त घटनामा संलग्न भएकाहरु अन्य पाँचजना भने फरार रहेका छन् । फरार रहेका दुप्चेश्वर गापा–१ का साइला तामाङ, गोथे तामाङ, सोमर लामा, आशा तामाङ र होना तामाङको सजाय भने मुल्तवीमा राखिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै