१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कृषकलाई सीपसँगै मौरीघार वितरण

१६ जेष्ठ २०८२, बिहीबार १३:०८

काठमाडौँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाका कृषकलाई सीपसँगै मौरीघार वितरण गरिएको छ । आँबुखैरेनी-६ हिलेखर्कका कृषकलाई मौरीपालनसम्बन्धी तालिमसँगै ७५ प्रतिशत अनुदानमा मौरीघार, मौरी छोप्ने झोला, मौरी घुम्टी वितरण गरिएको हो ।

गाउँपालिकालाई मह पालिकाका नामले परिचित गराउने र मह उत्पादनमा आत्मनिर्भर बनाउँदै कृषकलाई व्यावसायिक बनाउन एक सय ९२ थान मौरीघार वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।

हिलेखर्क मौरीपालनका लागि उपयुक्त रहेको भन्दै उहाँले मौरीपालन सजिलो हुनुका साथै आम्दानीको स्रोत सुनिश्चित हुने भएका कृषकलाई यो व्यवसायमा आबद्ध गराउन पहल थालिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाको चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमबमोजिम कृषकलाई तालिम दिएर मौरीघार वितरण गरेका छौँ । पालिकालाई मह उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौँ ।”

मौरीपालन कार्यक्रमले कृषकहरू उत्साहित भएका र यस व्यवसायले कृषकको जीवनशैलीमा परिवर्तन ल्याई आर्थिक समृद्धि प्राप्त गर्न सकिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले आँबुखैरेनी-५ का कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । केन्द्रले ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाको समन्वयमा अनुदानमा मौरीघार वितरण गरेको हो ।

आँबुखैरेनी-५ माई छिम्केश्वरी कृषक समूहलाई मौरीसहितका घार, महदानी वितरण गरिएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार कृषकलाई एक सय थान मौरीघार वितरण गरिएको छ ।

उहाँले भन्नुभयो, “कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सीपसँगै मौरीसहितका घार वितरण गरिएको हो । यसले कृषकलाई आयआर्जनमा जोड्न सहयोग गर्नेछ ।” यस ठाउँमा मौरीपालनको उपयुक्त सम्भावना रहेकाले कृषकलाई मौरीपालन व्यवसायमा आबद्ध गराउन खोजिएको उहाँको भनाइ छ ।

आँबुखैरेनी-५ का वडाध्यक्ष सन्तोष गुरुङले यहाँका अधिकांशको आम्दानीको प्रमुख स्रोत कृषि भएकाले मौरीपालन व्यवसाय उपयुक्त रहेको बताउनुभयो । कृषकलाई स्वरोजगार बनाउँदै महमा आत्मनिर्भर बनाउने उहेश्य रहेको भन्दै आगामी दिनमा कृषिसम्बन्धी अन्य कार्यक्रम पनि गाउँपालिकाको समन्वयमा ल्याइने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल