११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच गम्भीर घाइते

९ भाद्र २०७४, शुक्रबार ११:३९

भदौ ९, सल्यान । ढोरचौर गाउँपालिका–३ गर्तेनामा आज अपराह्न जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा ढोरचौर गाउँपालिका–४ की ५० वर्षीया लालमति विक रहेको प्रहरीले जनाएको छ । घरमै विष सेवन गरेकी विकलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा लु १ च ७७४४ नको जिप दुर्घटनामा पर्नुभएको हो । 

दुर्घटनामा विकका श्रीमान् काशीराम, आफन्त वीरबहादुर विक, गौरव कवर, गाडीधनी काशीराम विक र नाम नखुलेका दुई महिला घाइते भएको ढोरचौर प्रहरी चौकीका प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो । 

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बाटो चिप्लो र हिलो भएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो