११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा ‘बोक्सो’को आरोपमा कुटपिट गरी मलमूत्र खुवाइयो

१० भाद्र २०७४, शनिबार ०१:०६

भदौ १०, नुवाकोट । पञ्चकन्या गाउँपालिका–२ कविलास स्थित कालिकाथानमा ‘बोक्सो’को आरोप लगाएर एक पुरुषलाई निर्घात कुटपिट गर्दै मानव मलमूत्र खुवाइएको घटना पीडकको दबाबमा एक सातापछि मात्र बाहिर आएको छ । 

अन्ठाउन वर्षीय गंगालाल श्रेष्ठलाई बोक्सो भएको आरोप लगाउँदै छिमेकी धनबहादुर श्रेष्ठले सार्वजनिकस्थलमा निर्घात कुटपिट गरी मानव मलमूत्र खुवाएको पाइएपछि प्रहरीले घटनास्थलको अनुसन्धान गरी पीडितको उद्धार र पीडकलाई कारबाहीको दायरामा ल्याउन शुरु गरेको छ । 

घटना यही भदौ २ गते भए पनि पीडक धनबहादुरको दबाबमा पीडित गंगालाल न्यायका लागि पहल नगरी घरमा नै बसेको सूचना पाएपछि बिहिबार इलाका प्रहरी कार्यालय खरानीटारबाट प्रहरी निरीक्षक कृष्णबहादुर विष्टको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर पीडितलाई उद्धार गरेको हो । 

घटनाको प्रत्यक्षदर्शी, स्थानीय बासिन्दालगायतसँगको सोधपुछपछि गंगालालमाथि अमानवीय व्यवहार भएको पाइएकाले संलग्नलाई नियन्त्रणमा लिन लगिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो । “घटनाका पीडितले न्यायको अपिल गरेका छन् ”, विष्टले भन्नुभयो, “प्रहरीको टोली देखेपछि पीडक धनबहादुरसमेत गाउँ छाडेकाले नियन्त्रणको प्रयास भइरहेको छ ।” 

कुटपिटबाट टाउको र शरीरका विभिन्न अंगमा चोट लागे पनि पीडितले घरमा उपचार गराउँदै आएकाले उपचारको समेत आवश्यकता रहेको प्रहरीले जनाएको छ । स्थानीयबासिन्दा एवम् घटनाका प्रत्यक्षदर्शीका अनुसार धनबहादुरकी छोरी बिरामी भएकाले गंगालाललाई झारफुक गरी बिसेक बनाउन आग्रह गरिएको र नमानेपछि कुटपिट र मानब मलमूत्रसमेत खुवाइएको हो । गंगालालले झाँक्री काम गर्ने गरेका थिए । 

घटनाका प्रत्यक्षदर्शी श्यामबहादुर श्रेष्ठका अनुसार पीडकले अमानवीय व्यवहार गर्दै पीडितलाई घटना बाहिर नल्याउन दबाब दिएका थिए । स्थानीय बासिन्दाले सञ्चारकर्मीको सहयोगमा प्रहरीलाई घटनाको जानकारी गराएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो