२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा चवालीस हजार मतदाता थपिए

२०७४, १० भाद्र शनिबार ०२:३५

भदौ १०, चितवन । जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहमा करिब ४४ हजारले मतदाता नामावलीमा तस्वीरसहितको नाम लेखाएका छन् । 

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकाहरुको गत साउन १ देखि यही भदौ ३ गतेसम्म निर्वाचन कार्यालय र साउन १६ देखि भदौ ३ गतेसम्म स्थानीय तहमा नामावली लेखाउन समय दिएकामा ४३ हजार ६०८ ले नाम लेखाए । 

निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालका अनुसार भरतपुर महानगरपालिकामा १८ हजार ८७३, इच्छाकामना गाउँपालिकामा एक हजार ५६७, कालिका नगरपालिकामा तीन हजार ७९१, खैरहनी नगरपालिकामा पाँच हजार ४५२, माडी नगरपालिकामा चार हजार चार, रत्ननगर नगरपालिकामा चार हजार ६४५ र राप्ती नगरपालिकामा चार हजार ६३ जनाले नाम लेखाएका छन् । 

बाहिरी जिल्लाका एक हजार २१३ जनाले यहाँ नाम लेखाएका छन् । ढकालका अनुसार चितवनसहित ७२ जिल्लाका मतदाताले नामावली दर्ता गराएका हुन् । चितवनमा यसअघि तीन लाख १३ हजार तीन मतदाता थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा