२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा श्रीमतीद्वारा लौरो प्रहार गरि श्रीमानको हत्या

२०७४, १० भाद्र शनिबार ०४:१९

भदौ १०, चरीकोट । दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमानको घटनास्थलमै ज्यान गएको आरोप लगाइएको छ । 

ज्यान गुमाउनेमा मेलुङ गाउँपालिका–७ भेड्पुका ८३ वर्षीय कर्णबहादुर तामाङ छन् । उनलाई श्रीमती सञ्जीले लाठी प्रहार गरेको जिप्रका दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार शुक्रबार साँझ कर्णबहादुरले अत्यधिक मादक पदार्थ सेवन गरी घरमा आई बुहारी विपना थोकरसँग थप मादक पदार्थ मागेको र बुहारीले मादक पदार्थ दिन नमानेपछि बुहारीलाई कुटपिट गरेको देखेपछि उनकी श्रीमतीले पछाडिबाट टाउकामा लौरो हानेको प्रहरीको भनाइ छ । 

अभियुक्त सञ्जीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिप्रका दोलखाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा