२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा करेन्ट लागेर एक महिलाको मृत्यु

२०७४, १० भाद्र शनिबार ०४:२५

भदौ १०, सिन्धुली । करेन्ट लागेर एक महिलाको गए राति मृत्यु भएको छ । 

आफ्नै घरमा टाँगिएको तार चुँडिदा करेन्ट लागेर दुधौली नगरपालिका–५ सिर्थौली निवासी ५५ वर्षीया भीषणवती कोरईको ज्यान गएको जिप्रका सिन्धुलीले जनाएको छ । 

आफ्नै घर वरिपरि काम गरी घरमा फर्कने क्रममा कोरईलाई शौचालयमा लगिएको तारबाट करेन्ट लागेको जिप्रका सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । 

शौचालयमा लगिएको तार चुँडिएर भुइँमा लत्रेको अवस्थामा कोरईको दाहिने हातले तारलाई छुँदा करेन्ट लागेकामा अचेतावस्थामा उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो । 

करेन्टलाई सामान्य ठानेर हेलचेक्र्याइँ नगरी आफ्नो घरको विद्युत् प्रवाहलाई व्यवस्थित बनाउन प्रहरीले आग्रह गरेको छ । साना भुइँघर र फुसको छानो लगाइएका अधिकांश घरमा जुनसुकै बेला करेन्ट लाग्ने जोखिम रहेको स्थानीयवासीले बताएका छन् । 

यसैबीच सिन्धुलीमा गए राति ठूलो मेघ गर्जनसहित जिल्लाका केही भूभागमा वर्षा भएको छ । सिन्धुलीमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको जिप्रका सिन्धुलीले जनाएको छ । 

सिन्धुली जिल्ला चट्याङका लागि अत्यन्तै जोखिम मानिन्छ । जिल्लाको पूर्वी तथा पश्चिमी क्षेत्रमा वर्षेनी चट्याङकै कारणले ठूलो धनजनको क्षति हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा