भदौ १०, चरिकोट | आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, चरिकोट | आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको व"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

आफ्नै श्रीमतीसहित दुई युवती बेच्ने नुवाकोट खरानीटारका एक व्यक्ति पक्राउ

१० भाद्र २०७४, शनिबार १९:२५

भदौ १०, चरिकोट | आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको वेश्यालयमा बेचेर दुई लाख १६ हजार लिने एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा निरकुमारले आफ्नी जेठी श्रीमती गोमा परियारलाई पनि गाउँका काका नाता पर्ने दुईजनाको सहयोगमा सोही स्थानमा बिक्री गरेको स्वीकार गरेका छन् । 

दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुकी एक महिलालाई ललाइफकाइ भारतको नयाँदिल्ली पुर्याएर बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले नुवाकोट जिल्ला खरानीटार–५ का निरकुमार नेपालीलाई पक्राउ गरेको हो । पक्राउपछि नेपालीलाई सोधपुछ गर्दा आफूले हालसम्म दुईजना महिलालाई बेचिसकेको स्वीकार गरेको प्रहरीको भनाइ छ । 

ती महिलालाई निरकुमारले बिहे गरेर राम्रोसँग काठमाडौँमा राख्ने र भविष्य राम्रो बनाइदिने भन्दै ललाइफकाइ दिल्ली पुर्याएर दिल्लीस्थित मजनुकातिला भन्ने स्थानमा बस्ने नेपाली भाषी लक्ष्मी तामाङसँग भारु एक लाख ३५ हजारमा बिक्री गरेको उनले बयान दिएको प्रहरीले बताएको छ । 

बालिकालाई प्रलोभनमा पारी दिदी नाता पर्ने सोही गाउँकी सीता नेपालीको सहयोगमा बिक्री गर्न गाउँबाट लगेको र परिवारका आफन्तले २०७३ जेठ २० गते प्रहरीसमक्ष जाहेरी दिएपछि सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो भने निरकुमार फरार थिए । 

सीतालाई हाल दोलखा जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ । निरकुमारलाई शुक्रबार प्रहरीले काठमाडाँैस्थित महाराजगन्जबाट प्रक्राउ गरी दोलखा ल्याएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । रासस 

- फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो