२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँपालिकाको योजना: खरका छाना मुक्त बनाउन अनुदान दिइने

११ भाद्र २०७४, आईतवार ०५:१२


भदौ ११, पाल्पा । खरका छाना भएका घरलाई गाउँपालिकाले अनुदान दिने भएको छ । 

पुरानो शैलीमा निर्माण गरिएका खरका छानाका घर बर्सेनि छाना छाउनुपर्ने झन्झट रहेकाले खरको छाना विस्थापन गर्ने लक्ष्यका साथ पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अनुदानको व्यवस्था गरेको हो । 

प्रतिघर रु १५ हजारका दरले खरका छाना विस्थापन गर्न सहयोग पुगोस् भन्ने हेतुले गाउँपालिकाले अनुदान दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । यस आवमा प्रत्येक वडाका २५ वटा खरको छाना भएका घरलाई रु १५ हजारका दरले २०० घरलाई अनुदानको व्यवस्था गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

गरिबी निवारण कार्यक्रमअन्तर्गत आगामी पाँच वर्षभित्र खरका छाना विस्थापन हुने योजना गाउँपालिकाले लिएको छ । गरिब र निमुखा परिवारले वर्षेनी खरको छाना लगाउन आर्थिकरुपमा समस्या हुने र घरमा पानी पनि चुहिने समस्या रहेको छ । रैनादेवी छहरा गाउँपालिकाभित्रका प्रत्येक वडालाई खरको छाना मुक्त घर बनाउने लक्ष्यका साथ यो अभियान सञ्चालनमा ल्याएको अध्यक्ष कार्कीले बताउनुभयो । 

आर्थिकरुपमा पछाडि परेका विपन्न, गरिब, दलित समुदाय गाउँपालिकाले खरका छाना विस्थापन गर्न गाउँपालिकाको अनुदान पाउने भएपछि खुशी छन् । पछिल्ला वर्ष खरको छाना हाल्न कामदार, खर चोया, काठको समेत वर्षेनी अभाव बढेको छ । 

ढुंगा माटाका भित्ता, तलामा माटो र छाना खरको हुने भएकाले गर्मी र जाडोमा असर नगर्ने बसोबासलाई अति उत्तम रहे पनि खर्चको हिसाबले महँगो र आगोबाट सधैँ जोखिममा रहेको स्थानीय बासिन्दा पोषण रानाले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…