२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँपालिकाको योजना: खरका छाना मुक्त बनाउन अनुदान दिइने

२०७४, ११ भाद्र आईतवार ०५:१२


भदौ ११, पाल्पा । खरका छाना भएका घरलाई गाउँपालिकाले अनुदान दिने भएको छ । 

पुरानो शैलीमा निर्माण गरिएका खरका छानाका घर बर्सेनि छाना छाउनुपर्ने झन्झट रहेकाले खरको छाना विस्थापन गर्ने लक्ष्यका साथ पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अनुदानको व्यवस्था गरेको हो । 

प्रतिघर रु १५ हजारका दरले खरका छाना विस्थापन गर्न सहयोग पुगोस् भन्ने हेतुले गाउँपालिकाले अनुदान दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । यस आवमा प्रत्येक वडाका २५ वटा खरको छाना भएका घरलाई रु १५ हजारका दरले २०० घरलाई अनुदानको व्यवस्था गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

गरिबी निवारण कार्यक्रमअन्तर्गत आगामी पाँच वर्षभित्र खरका छाना विस्थापन हुने योजना गाउँपालिकाले लिएको छ । गरिब र निमुखा परिवारले वर्षेनी खरको छाना लगाउन आर्थिकरुपमा समस्या हुने र घरमा पानी पनि चुहिने समस्या रहेको छ । रैनादेवी छहरा गाउँपालिकाभित्रका प्रत्येक वडालाई खरको छाना मुक्त घर बनाउने लक्ष्यका साथ यो अभियान सञ्चालनमा ल्याएको अध्यक्ष कार्कीले बताउनुभयो । 

आर्थिकरुपमा पछाडि परेका विपन्न, गरिब, दलित समुदाय गाउँपालिकाले खरका छाना विस्थापन गर्न गाउँपालिकाको अनुदान पाउने भएपछि खुशी छन् । पछिल्ला वर्ष खरको छाना हाल्न कामदार, खर चोया, काठको समेत वर्षेनी अभाव बढेको छ । 

ढुंगा माटाका भित्ता, तलामा माटो र छाना खरको हुने भएकाले गर्मी र जाडोमा असर नगर्ने बसोबासलाई अति उत्तम रहे पनि खर्चको हिसाबले महँगो र आगोबाट सधैँ जोखिममा रहेको स्थानीय बासिन्दा पोषण रानाले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति