२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डब्लुएफपीद्वारा बाढी प्रभावितलाई खाद्यान्न वितरण

२०७४, ११ भाद्र आईतवार ०५:४२

भदौ ११,काठमाडौँ। संयुक्त राष्ट्र सङ्घ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले नेपालका बाढी प्रभावित एक लाख ८० हजार व्यक्तिका लागि खाद्यान्न वितरण शुरु गरेको छ । 

डब्लुएफपीले स्थानीय निकायसँगको समन्वयमा सप्तरी, रौतहट, बाँके र बर्दियामा दुई साताका लागि पुग्ने गरी चामल र दाल वितरण गर्न शुरु गरेको डब्लुएफपीका सञ्चार अधिकृत सीताष्मा थापाले जानकारी दिनुभयो । साथै स्थानीय बजार पुनःस्थापन भइसकेका क्षेत्रमा रहेका रौतहट जिल्लाका थप ४० हजार विस्थापितलाई खाद्यान्न खरिदका लागि नगद प्रदान गरिने उहाँले बताउनुभयो । 

सरकारी तथ्यांकअनुसार केही दिनअघिको बाढीबाट तराईका ८० प्रतिशतभन्दा बढी भूभाग डुबान हुँदा त्यहाँ ठूलो संख्यामा घर, सञ्चित खाद्यान्न, गाईबस्तु÷चौपाया तथा बालिनालीमा क्षति पुगेको छ । मुलुकको अन्न भण्डारका रुपमा रहेको तराईमा बाढीका कारण धान तथा गहँुको उत्पादनमा समेत असर पर्ने अनुमान गरिएको छ । 

डब्लुएफपीले कुपोषणबाट बचाउनका लागि सरकार तथा अन्य साझेदार संस्थासँगको सहयोगमा बाढी प्रभावित १३ जिल्लाका १९ हजार ५०० गर्भवती तथा सुत्केरी महिला र छदेखि २३ महिनासम्मका २७ हजार ७०० बालबालिकाका लागि थप २०० मेट्रिक टन प्रशोधित खाद्यान्न उपलब्ध गराउने जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ