नन्द बहादुर रोकाया। भदौ ११, मुगु। छायाँनाथ रारा नगरपालीका वडा नं ९ मुर्माका महिला र खत्याड गाउँपालीका साविकाको सेरी गाविसका महिलाले छाउपडी हटाउने लिखित प्रतिवद्धता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द बहादुर रोकाया। भदौ ११, मुगु। छायाँनाथ रारा नगरपालीका वडा नं ९ मुर्माका महिला र खत्याड गाउँपालीका साविकाको सेरी गाविसका महिलाले छाउपडी हटाउने लिखित प्रतिवद्धता"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

महिलाले गरे छाउपडी हटाउने लिखित प्रतिवद्धता

२०७४, ११ भाद्र आईतवार ०८:५१

नन्द बहादुर रोकाया। भदौ ११, मुगु। छायाँनाथ रारा नगरपालीका वडा नं ९ मुर्माका महिला र खत्याड गाउँपालीका साविकाको सेरी गाविसका महिलाले छाउपडी हटाउने लिखित प्रतिवद्धता गरेका छन ।

 शनिबार मुमा गाउँमा आयोजित अन्तरक्रिया कार्यक्रमा महिलहरुले यस्तो प्रतिवद्धता गरेका हुन । हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र मुगुको आयोजनमा  सञ्चालीत कार्यक्रमा  वडा नं ९ र खत्याड गाउँपालीका साविकाको सेरी गाविस का महिला वडा सदस्य अगुवा महिला स्वास्थ्य स्वयमसेवक धार्मिक नेता लगायतले समाजमा जरो गाडेर बसेको छाउपडी हटाउने र छाउगोठ भत्काई महिला तथा किशोरीलाई छाउ भएका बेला सुरक्षित स्थानमा राख्ने बताएका छन । छाउभएका बेला गहुँभारी नबोक्ने पोसिला खाने कुराखाने नियमित सरसफाई गर्ने लगायतका कुरा लाई लागु गर्न घरदैलो अभियान गरिने समेत बताएका छन ।

 हिमाली ग्रामिण युवासमाज बिकास केन्द्रले छाउपडी अभियान मार्फत बिगत १० बर्ष देखि मुगुमा बिभिन्न कार्यक्रम गदै आएको र साविकका ६ गाविसमा कार्यक्रम गरी छाउपडी प्रंथा लैगिंक हिसांका बिषयमा ओकालत गदै आएको छ । विगत केही वर्ष अगाडी घरमा महिला महिनावारी हुँदा देउता रिसाउने भन्दै पाँच देखि सात दिनसम्म घरबाट अलग्गै राख्ने , दुध  दहि, घिउ , मह लगायतका खाने कुरा खान नदिने, फलफुलका विरुवा, गाई वस्तु छुन नदिने गरै ठूला ठूला भारी बोक्नु पर्ने परम्परा रहे पनि पछिल्ला वर्षहरुमा त्यस्तो नभएको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र हिरिष्डेकका मानवअधिकाु अधिकृत सन्जु तिमिल्सेनाले जानकारी दिनुभयो ।

 समाजमा गरिने बिभिन्न किसिमाका बिवेद कार्यम भएपनी छाउपडीमा केहि सुधारत्मक आएको बताउनुभयो । देविदेवता लाग्ने अन्ध बिश्वासका कारण समाजमा छाउपडी हठाउन ग्राहो भएको भएपनी  मुर्मा र सेरीका धार्मिक नेता महिला वडा सदस्य लगायत स्वास्थ्य कर्मि सबैले छाउपडी हटाउने लिखित प्रतिवद्धता गरे संगै आगमी दिनमा केहि परिवतन आउने तिमिल्सेनाको भनाई छ । विभिन्न चेतना मुलक कार्यले समाजमा परिवर्तन आई महिनावारी भएका महिलाहरुलाई अहिले सफा सुग्घर गर्न लगाउने , सुरक्षित रुपमा वस्ने व्यवस्था सहित भान्सामा लिने बाहेक अन्य कुरा परिवर्तन भई सकेको महिलाले बताएकी छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै