२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सरोकारवालासँगको छलफल सम्पन्न

४ पुष २०७२, शनिबार ०६:५४

प्रकाश धौलाकोटी/ पुस ४, तेह्रथुम । एक्सनएड अन्तरािष्टय नेपालको सहयोगमा तेह्रथुमका विभिन्न १० गाविसमा सन्चालित महिला समूह मजबुतिकरण परियोजनाको मुल्याकंनकालागि आएको टोलीले आज जिल्ला स्थित सरोकारवालाहरुसँग छलफल गरेको छ । जिल्लास्थित दलित सचेतना समाज नेपाल र देउराली सोसाइटीको सहजीकरणमा चलिरहेको परियोजना अन्तर्गत भएका कार्यक्रम र गतिविधिहरुको लेखाजोखाकालागि टोलीले छलफल गरेको हो ।

एक्सनएडसँगको सहकार्यमा आएको मुल्याकंनकर्ताहरुसहितको टोलीले तेह्रथुम जिल्लास्थित विषयगत कार्यालयका प्रमुख, सरोकारवाला निकाय र पत्रकारहरुसँग छलफल गरेको हो । कार्यक्रममा सहभागी जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रम सन्चालन भएपछि भएका प्रगति र उपलब्धिबारे जानकारी साथै स्थलगत अवलोकन गरेका पत्रकारहरुले देखिएका उपलब्धिहरुबारे जानकारी गराएका थिए । यस्तै टोलीले गाउँ गाउँमा परियोजनाअन्तर्गत गठन भएका महिला समूहका प्रतिनिधि र परियोजना अन्तर्गत कार्यरत कर्मचारीहरुसँगपनि आजै छलफल गरेको छ ।

तेह्रथुमको छथर क्षेत्रका हमरजुंग, सुदाप, ओख्रे, फाक्चामारा र पन्चकन्या गाविसमा दलित सचेतना समाज नेपाल र आम्बुंग, मोराहांग, पौठाक, श्रीजुंग र ओयाक्जुंग गाविसमा देउराली सोसाइटीको सहजीकरणमा महिला समूह मजबुतिकरण परियोजना लागु भएको थियो । ३ वर्ष अघिबाट सन्चालन भएको कार्यक्रम अन्तर्गत यी गाविसका ११ सय बढी महिलाहरुको क्षमता अभिवृद्धि तथा आयआर्जनमा सुधार आएको छ । परियोजना यसवर्षबाट सकिन लागेको दलित सचेतना समाज नेपालका निर्देशक कुमार विशंखेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव