भदौ १२,मनाङ। नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको अन्नपूर्ण पदमार्ग आफैँमा जोखिम छ । 

बेँसीशहरबाट मनाङसम्म ९० किमी रहेको बेँसीशहर–चामे सडक प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२,मनाङ। नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको अन्नपूर्ण पदमार्ग आफैँमा जोखिम छ । 

बेँसीशहरबाट मनाङसम्म ९० किमी रहेको बेँसीशहर–चामे सडक प"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

जोखिम मोल्दै सवारी चालक मनाङमा

१२ भाद्र २०७४, सोमबार ०८:२७


भदौ १२,मनाङ। नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको अन्नपूर्ण पदमार्ग आफैँमा जोखिम छ । 

बेँसीशहरबाट मनाङसम्म ९० किमी रहेको बेँसीशहर–चामे सडक पूरै कच्ची छ । मनाङ जिल्लामा मोटरबाटो पुगे पनि कच्ची सडकका कारण यात्रा सहज हुन सकेको छैन । 

चालकले आफ्नो ज्यान जोखिममा राखेर यात्रुलाई गन्तव्यसम्म पुराउने गर्छन् । जोखिम मोलेरै भए पनि आफूले यहाँका जनता र पर्यटक यात्रुलाई सेवा दिइरहेको बताउनुहुन्छ चालक नेत्रबहादुर थापा । वर्षाको समयमा बाटोमा आएका पहिरो र खहरे खोलाको भेलले आवतजावतमा कठिनाइ पर्दासमेत चालकले सेवा दिँदै आएको बताउनुहुन्छ अर्का सवारी चालक सन्तबहादुर । विगतको तुलनामा अहिले सवारी साधन चलाउन सहज भए पनि बीचबीचका खोलामा पुल नहुँदा सास्ती भोग्नु परेको उहाँहरुको भनाइ छ । 

मनाङको बाटो आफैँमा कठिन छ त्यसमा पनि ठाउँ ठाउँमा भएका खहरे खोलामा पक्की पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नुपरेको हो । 

हिउँदमा बढी चिसो हुने हुँदा हिउँ जमेर खोला सुक्छन् र बाटो सहज हुन्छ । बर्खामा भने हिउँ पग्लिएर खोलामा बाढी आउने हुनाले बेँसीशहरबाट मनाङ आउने र मनाङबाट बेँसीशहर जाने यात्रु दिनैपिच्छे खोलाको किनारमा अड्किएर बस्नु परेको र दूरी छोटो भए पनि बाटोका कारण मनाङ पुग्न दुईदिन लाग्ने बताउनुहुन्छ चालक बुद्धकुमार घिसिङ । 

नेपालकै महत्वपूर्ण पर्यटन क्षेत्र अन्नपूर्ण पदमार्गले परिचित यस मनाङ जिल्लामा पर्यटनको आवतजावतमा परेको कठिनाइले स्थानीय तहदेखि सरकारसमक्ष पटक पटक पहल गर्दा पनि मुख्य असजिलो ठाउँमा बाटोको स्तरोन्नति नहुँदा कठिन यात्रा गर्न बाध्य भएपछि छन् यहाँ आउने पर्यटक । रासस 

(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो