भदौ १२,मनाङ। नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको अन्नपूर्ण पदमार्ग आफैँमा जोखिम छ । 

बेँसीशहरबाट मनाङसम्म ९० किमी रहेको बेँसीशहर–चामे सडक प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२,मनाङ। नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको अन्नपूर्ण पदमार्ग आफैँमा जोखिम छ । 

बेँसीशहरबाट मनाङसम्म ९० किमी रहेको बेँसीशहर–चामे सडक प"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

जोखिम मोल्दै सवारी चालक मनाङमा

२०७४, १२ भाद्र सोमबार ०८:२७


भदौ १२,मनाङ। नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको अन्नपूर्ण पदमार्ग आफैँमा जोखिम छ । 

बेँसीशहरबाट मनाङसम्म ९० किमी रहेको बेँसीशहर–चामे सडक पूरै कच्ची छ । मनाङ जिल्लामा मोटरबाटो पुगे पनि कच्ची सडकका कारण यात्रा सहज हुन सकेको छैन । 

चालकले आफ्नो ज्यान जोखिममा राखेर यात्रुलाई गन्तव्यसम्म पुराउने गर्छन् । जोखिम मोलेरै भए पनि आफूले यहाँका जनता र पर्यटक यात्रुलाई सेवा दिइरहेको बताउनुहुन्छ चालक नेत्रबहादुर थापा । वर्षाको समयमा बाटोमा आएका पहिरो र खहरे खोलाको भेलले आवतजावतमा कठिनाइ पर्दासमेत चालकले सेवा दिँदै आएको बताउनुहुन्छ अर्का सवारी चालक सन्तबहादुर । विगतको तुलनामा अहिले सवारी साधन चलाउन सहज भए पनि बीचबीचका खोलामा पुल नहुँदा सास्ती भोग्नु परेको उहाँहरुको भनाइ छ । 

मनाङको बाटो आफैँमा कठिन छ त्यसमा पनि ठाउँ ठाउँमा भएका खहरे खोलामा पक्की पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नुपरेको हो । 

हिउँदमा बढी चिसो हुने हुँदा हिउँ जमेर खोला सुक्छन् र बाटो सहज हुन्छ । बर्खामा भने हिउँ पग्लिएर खोलामा बाढी आउने हुनाले बेँसीशहरबाट मनाङ आउने र मनाङबाट बेँसीशहर जाने यात्रु दिनैपिच्छे खोलाको किनारमा अड्किएर बस्नु परेको र दूरी छोटो भए पनि बाटोका कारण मनाङ पुग्न दुईदिन लाग्ने बताउनुहुन्छ चालक बुद्धकुमार घिसिङ । 

नेपालकै महत्वपूर्ण पर्यटन क्षेत्र अन्नपूर्ण पदमार्गले परिचित यस मनाङ जिल्लामा पर्यटनको आवतजावतमा परेको कठिनाइले स्थानीय तहदेखि सरकारसमक्ष पटक पटक पहल गर्दा पनि मुख्य असजिलो ठाउँमा बाटोको स्तरोन्नति नहुँदा कठिन यात्रा गर्न बाध्य भएपछि छन् यहाँ आउने पर्यटक । रासस 

(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै