इमरान खान/भदौ १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित जिल्ला पी. वीर अस्पताल तौलिहवामा इमरजेन्सी फाँटमा कर्मचारी अ.हे.व. उग्रसेन मुराउले व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान/भदौ १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित जिल्ला पी. वीर अस्पताल तौलिहवामा इमरजेन्सी फाँटमा कर्मचारी अ.हे.व. उग्रसेन मुराउले व"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तौलिहवा अस्पतालका अहेब उग्रसेन मुराउद्वारा विरामीमाथि दुर्वव्यवहार

१२ भाद्र २०७४, सोमबार ०८:३७


इमरान खान/भदौ १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित जिल्ला पी. वीर अस्पताल तौलिहवामा इमरजेन्सी फाँटमा कर्मचारी अ.हे.व. उग्रसेन मुराउले विरामीहरुमाथि अभद्र व्यवहार गरेका छन । 

चोटपटक लागेर इमरजेन्सीमा जाँदा सामान्य मलमपट्टी र टिटानसको सुई समेत लगाउन आलटाल गर्ने विरामीहरुलाई फर्काने गरेको स्थानियबासी साधुप्रसाद गुप्ताले गुनासो गरे ।स्थानिय ब्यवसायी साधुप्रसादकी आमाको खुट्टामा सीसाले काटेर अस्पताल पुग्दा अ.हे.व. मुराउले उपचार नगरी फर्काइदिएपछि एउटा मेडिकल गई उपचार गर्नुपरेको बताउँछन । 

निज अ.हे.व.मुराउले यस अघि पनि यस्तै प्रकारले विरामीहरुलाई उपचार सुविधा नदिने उल्टै अभद्र बोलि तथा व्यवहार देखाएर भगाउने गरेको आरोप स्थानीयहरुको रहेको छ ।  निजले अस्पताल समितिबाट पाएको कुर्सीको धाक देखाउने, उपचार गर्न अटेर र आलटाल गर्ने गरेकोले विरामीहरुले आक्रोश पोखेका छन । 

उक्त अस्पतालमा आफ्नी आमाको हृदयरोग सम्बन्धि समस्याका कारण हिँडन नसक्ने अवस्थामा पुगेको र अ.हे.व.मुराउले ग्लुकोज मात्र चढाइदिएर कुनै डाक्टर न बोलाई कुनै वास्ता नगरेको माओवादी केन्द्रका जिल्ला कार्य समिति सदस्य तुफेल खानले बताए । 

स्थानीय सञ्चारकर्मी  इमरान खानले विरामी माथि अस्पतालले हेलचेक्र्याईं गरेको भन्दै अस्पताल परिसरमा पुगीअ.हे.व.मुराउ सँग डिउटीमा कुन डाक्टररहेको सोध्दा तथाडाक्टर खोजी गर्दा निज मुराउले खानमाथि अपशब्द प्रयोग गर्नुका साथै हातपात समेत गर्नखोजेका थिए । 

अस्पताल जस्तो संवेदनशील ठाउँमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने कर्मचारीले उल्टै विरामीहरुमाथि अभद्र व्यवहार गर्ने गरेको भन्दै स्थानीयबासीले अ.हे.व.मुराउ माथि कारवाही अघि बढाउन माग गरेका छन । अन्यथा पीडितहरुले जिल्ला जनस्वास्थ्य प्रमुखको कार्यालय तथा सम्बन्धित निकायमा गई आवश्यक कदम चाल्नुपर्ने अवस्था आउने स्थानीय साधु प्रसाद गुप्ता बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो