भदौ १२, चितवन । भरतपुर महानगरपालिकाको दुईवटा वडाका विजयी वडाध्यक्षले आज शपथ लिनुभएको छ । 

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १२, चितवन । भरतपुर महानगरपालिकाको दुईवटा वडाका विजयी वडाध्यक्षले आज शपथ लिनुभएको छ । 

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरका दुई वडाध्यक्षले लिए शपथ

१२ भाद्र २०७४, सोमबार ०८:४९


भदौ १२, चितवन । भरतपुर महानगरपालिकाको दुईवटा वडाका विजयी वडाध्यक्षले आज शपथ लिनुभएको छ । 

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले उहाँहरुलाई शपथ गराउनुभएको हो । 

विजयी दुई वडाध्यक्षविरुद्ध विशेष अदालत पाटनको हेटौंडा इजलासमा परेको रिट निवेदन खारेज भएपछि उहाँहरुलाई काम गर्ने बाटो खुलेको हो । 

निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुनः निर्वाचनका कारण झण्डै तीन महिना ढिला गरी अन्य पदमा विजयीले शपथ लिए पनि दुई वडाध्यक्षले शपथ लिन पाएका थिएनन् । 

यी दुवै वडामा नेकपा (एमाले)का उम्मेदवार विजयी भए पनि झिनो मतान्तरको हारमा नेपाली काँग्रेसका प्रतिद्वन्द्वीले मत गणनामा त्रुटि भएको आरोपसहित रिट दायर गरेपछि शपथ रोकिएको थियो । 

वडा नं ४ मा हरिप्रसाद आचार्य सात मत र वडा नं ७ मा राजेन्द्रमणि काफ्ले १४ मत अन्तरले विजयी हुनुभएको थियो । 

हेटौँडा इजलासले यही भदौ ८ गते सो रिट खारेज गरेसँगै काम गर्ने बाटो खुलेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो