२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा मौसमको बदली र वर्षा यस कारणले भैरहेको छ

२०७४, १२ भाद्र सोमबार १२:०१

भदौँ १२,काठमाडौँ। भारतको उडिसा राज्य र बंगालको खाडी आसपासमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालमा बदली र वर्षा भएको छ । 

उक्त प्रणालीको प्रभावले देशभर बदली र केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सामान्य अवस्थामा रहेको मनसुनसँगै न्यूनचापीय क्षेत्रको प्रभावले खासगरी पूर्वी भेगमा बढी असर परेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । 

“पूर्वका केही स्थानमा मध्यम खालको वर्षा हुनेछ, मध्य भेगमा बदली रहेपनि हल्काफुल्का वर्षा गराउने देखिन्छ, मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा सामान्य खालको वर्षा हुन्छ,”–उहाँले भन्नुभयो । 

मनसुन अहिले पनि सामान्य अवस्थामा रहेको र यसले बदली र वर्षा गराउँछ तर भारी वर्षा हुने सम्भावना छैन । सामान्य खालको बदली र वर्षा अझै केही दिन जारी रहने महाशाखाको भनाइ छ । 

मौसम बदलीका कारण एक/दुई स्थानमा मध्यम वर्षा भए पनि भारी वर्षा चाही हुने संभावना नरहेकाले आत्तिने अवस्था नरहेको मौसमविद् रिमालले बताउनुभयो । 

अहिले देशभर बदली छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी दाङमा ७२ र वीराटनगरमा ३ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा सात मिलिमिटर, पोखरामा २२, भैरहवामा २१ धनगढीमा १८ र ओखलढुंगामा १२ मिलिमिटर वर्षा भएको छ । 

बदली र वर्षाले काठमाडौँको अधिकतम तापक्रम पनि केही घटेकाले तातिएको मौसम पनि आजबाट केही चिसो महसुस भएको छ । आज काठमाडौँको अधिकतम २९ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ