११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु

१३ भाद्र २०७४, मंगलवार ०६:०४

भदौ १३,सोलुखुम्बु । सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । 

गत आर्थिक वर्षदेखि नै सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्ने सरकारको घोषणा रहेको भएपनि विविध कारणले ढिलाइ भएको र यस आवमा स्वास्थ्य बीमा शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङमार ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । 

प्रमुख डा शेर्पाका अनुसार स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्न सोमबार जिल्लाका ५२ वटै वडाका लागि सहयोगी कार्यकर्ता भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । कर्मचारी छनोटपछि उनीहरुलाई तालिम दिएर कार्यक्षेत्रमा खटाइने जनाइएको छ । 

सरकारी स्वास्थ्य बीमाको सदस्यता लिएका परिवारका सदस्यले प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय अस्पतालसम्म आवश्यक स्वास्थ्य सेवा लिन सक्ने डाक्टर शेर्पाले बताउनुभयो । 

बहिरंग विभागको सेवादेखि ६६ प्रकारका रोगको निःशुल्क उपचार वा शल्यक्रिया गरिने र अन्य आवश्यक स्वास्थ्य समस्याको पनि निःशुल्क उपचार हुने भएकाले कुनै पनि दुविधामा नपरी बीमा सदस्यता लिन कार्यालयले आग्रह गरेको छ । बीमा सदस्यता लिएको एक महिनापछि निःशुल्क उपचार सेवा लिन पाइनेछ । 

बीमा कार्यक्रममा दर्ता भइसकेका प्रतिपरिवार (पाँचजना) ले वार्षिक रु दुई हजार ५०० ‘प्रिमियम’ बुझाएपछि रु ५० हजारसम्मको उपचार पाउनेछन् । एउटा परिवारमा पाँचभन्दा बढी सदस्य रहे थप सदस्यले रु ४५० वार्षिक प्रिमियम बुझाएमा रु १० हजारको उपचार सेवा थप हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो