Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

मुस्ताङका थकाली समुदायको फालो पर्व शुरु

२०७४, १४ भाद्र बुधबार ०७:४३

सन्तोष गौतम। भदौ १४,मुस्ताङ। मुस्ताङको थाक सातसय क्षेत्रअन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलिक पर्व कुमार यात्रा ९फालो० मंगलबारदेखि शुरु भएको छ । 

थकाली समुदायको उद्गमस्थल थासाङ गाउँपालिका–२ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । फालो पर्वको थासाङ गाउँपालिकाका अध्यक्ष वुद्धिप्रसाद शेरचनले उद्घाटन गर्नुभएको थियो । 

गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली समुदायका पाँचदेखि १३ वर्षमुनिका छेवार गरिसकेका कुमारलाई कुमार यात्रामा सहभागी गराउने चलन रहेको थाक क्षेत्रका संरक्षक हेमन्त गौचनले बताउनुभयो । 

उहाँका अनुसार चारचनमा जन्मिएका छोराहरु कुमारयात्रा ९स्योपेन० मा सहभागी भएपछि भगवान् नरिच्होबको आशीर्वादले जीवनका लागि सक्षम र योग्य भएको सांस्कृतिक मान्यता पाउँछन् । 

परापूर्वकालमा जंगलमा शिकार खेल्न गएका थकाली समुदायका युवाले मृगलाई मार्न खोज्दा नरिच्योहब देवता प्रकट भई नर्साङ भन्ने ठाउँमा लैजाने अनुरोध गरेअनुसार सो स्थानमा गुम्बा बनाई राखेपश्चात् गाउँमा अनिष्ट नहोस् भनेर पूजाआजा गर्ने र थकाली पुरुषले चुडाकर्म गरेपछि १३ वर्ष नपुग्दै अनिवार्य कुमारयात्रामा सहभागी हुने चलनको शुरुवात भएको स्थानीय अगुवाको भनाइ छ । 

स्योपेनमा सहभागी कुमारले टुकुचेको चोकोपानीमा स्नान गरेर नर्साङ गुम्बामा नरिच्योहेब देवताको पूजाआजा गर्ने, आफन्तजनबाट आशीर्वाद लिने, देवताको पूजाआजा गर्ने र थकाली भाषामा गीत गाउँदै बाजागाजासहित गाउँ परिक्रमा गरेर लार्जुङमा पुगेपछि घोडा चढेर राक्षसको चित्रलाई तिर हान्ने चलन छ । 

कुमार यात्रामा सहभागी हुन देश, विदेशबाट थकाली कुमार कोवाङमा आएका छन् । १३ वर्षीय छोरालाई स्योपेनमा सहभागी गराउन अमेरिकाबाट आएका मनोज भट्टचनले परम्परालाई निरन्तरता दिन फालोमा सहभागी भएको बताउनुभयो । 

कुमारहरु थकाली भाषाको गीत गाएर थकाली पहिरनमा सजिएर नाचगानका साथै लामाले कोतघरमा पूजाआजा गर्छन् । तीन दिनसम्म यो पर्व मनाउने चलन छ । फालोको पहिलो दिन कोवाङका छ गाउँले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए । 

फालो पर्व सञ्चालन गर्नका लागि थकाली सेवा समितिले स्थापना गरेको अक्षयकोषबाट थाक सातसय क्षेत्रका मुखियालाई आर्थिक सहयोग गरेको छ । अक्षयकोषको ब्याजबाट मुखियालाई रु एक लाख ३१ हजार सहयोग गरिएको समितिका अध्यक्ष कृष्णकुमारी शेरचनले बताउनुभयो । 

परम्परागत संस्कृतिलाई निरन्तरता दिनका लागि अक्षयकोषको ब्याजबाट फालो पर्व सञ्चालनका लागि सहयोग गर्ने व्यवस्था मिलाइएको समितिका महासचिव नरेशकुमार तुलाचनले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश