सरोज यादव | भदौ १६, सर्लाही | सर्लाही सहित तराईका विभिन्न जिल्लाहरुमा महिलाको चुल्ठो काटिने गरेको हल्ला चल्दै आएको बेला सर्लाहीमा पनि कपाल काटिएको छ ।

सर्लाही"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरोज यादव | भदौ १६, सर्लाही | सर्लाही सहित तराईका विभिन्न जिल्लाहरुमा महिलाको चुल्ठो काटिने गरेको हल्ला चल्दै आएको बेला सर्लाहीमा पनि कपाल काटिएको छ ।

सर्लाही"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा पनि चुल्ठो काटियो, खवर सुनेपछि सर्लाहीवासी त्रसित

२०७४, १६ भाद्र शुक्रबार ०८:४४

सरोज यादव | भदौ १६, सर्लाही | सर्लाही सहित तराईका विभिन्न जिल्लाहरुमा महिलाको चुल्ठो काटिने गरेको हल्ला चल्दै आएको बेला सर्लाहीमा पनि कपाल काटिएको छ ।

सर्लाही लालबन्दी नगरपालीका १६ परवानीपुरमा गएराती एक जनाको चोटि काटिएको छ । रिना घिमिरे नाम गरेकी बालीकाको कपाल काटिएको छ । महोत्तरीको तुल्सी पाटु कि १४ वर्षिया वालिका चार महिनादेखि उनी आफ्नै काका केशव घिमिरेको घर परवानीपुरमा बस्दै आईरहेकि छिन् । राती खाना खाएर सुति सके पछि बिहान हेर्दा ओछ्यानमा कपाल काटेको थियो । कपाल कति बेला काटियो भन्ने थाहा नभएको उनले बताईन ।

यता पर्सामा २० जना जति महिलाको कपाल काटिएको उजुरी प्रहरी कार्यालयमा परेको छ । दुई साताअगाडि वीरगन्जबाट शुरु भएको यो समस्या तराईका अन्य जिल्लाहरूमा पनि फैलिँदै जाँदा महिलाहरू त्रसित बनेका छन् । कतिपय त यही समस्याका कारण बिरामी परेर अस्पतालमा उपचार गराउन गएको खबर छ । मानिसले होस् वा अन्य अज्ञात वस्तुले होस्, यसरी सयौं महिलाको कपाल काटिँदा सरकार बेखबर छ ।

घरबाहिर शौच गर्न जाँदा, घर–आँगनको काम गरिरहँदा, घाँस काटिरहँदा यस्तो घटना हुने गरेको बताइन्छ् । केहीले घरमै खाना पकाउँदा, टेलिभिजन हेरिरहँदा र धेरैजसो सुतिरहेको अवस्थामा चुल्ठो काटिएको हल्ला फैलिएको छ ।

कतिपय पीडितले कपाल काटिँदा कालो बिरालो आएको, छाया आएको, पछाडिबाट धकेलेको महसुस हुने गरेको बताएका छन् । कपाल काटिएपछि बेहोस हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, डराउने, निद्रा नलाग्नेजस्ता स्वास्थ्य समस्या हुने गरेको पीडितको भनाइ छ । स्थानीयवासीहरू डरले त्रसित भएपछि भूतप्रेतको प्रवेश नहोस् भनेर आफ्नो घरको मूलगेटमा कागती, लसुन, खुर्सानी, नीमको पातजस्ता वस्तु झुन्ड्याउने गरेको पनि समाचार छ । यति हुँदा पनि सरकारी तवरबाट कुनै खोजखबर–अनुसन्धान नहुनु विडम्बना नै मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन