बासुदेव पौडेल । भदौ १६,पोखरा । प्रकृतिको कुचिकारका रुपमा रहेका गिद्ध संरक्षणको अभावमा संकटमा परेका छन् । 

नेपालमा गरिएको विभिन्न अध्ययनले विगत दुई दशक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बासुदेव पौडेल । भदौ १६,पोखरा । प्रकृतिको कुचिकारका रुपमा रहेका गिद्ध संरक्षणको अभावमा संकटमा परेका छन् । 

नेपालमा गरिएको विभिन्न अध्ययनले विगत दुई दशक"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संरक्षणको अभावमा प्रकृतिका कुचिकार गिद्ध संकटापन्न अवस्थामा

२०७४, १६ भाद्र शुक्रबार ०९:२९

बासुदेव पौडेल । भदौ १६,पोखरा । प्रकृतिको कुचिकारका रुपमा रहेका गिद्ध संरक्षणको अभावमा संकटमा परेका छन् । 

नेपालमा गरिएको विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको संख्या झण्डै ९० प्रतिशतले घटेको पाइएको छ । 

पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेकाअनुसार गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण गिद्ध संकटापन्न अवस्थामा पुगेका हुन् । 

“पशुको उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेकको प्रयोगसँगै गिद्धको संरक्षणमा चुनौती थपिएको छ,” उहाँले भन्नुभयो, “यो औषधि प्रयोग गरी उपचार गराइएका पशु उपचारका क्रममा मृत्यु भएपछि गिद्धले खाएमा तिनका मिर्गाैलाले काम गर्न छोडी केही दिनमा नै गिद्ध मर्ने गरेको छ ।” यो औषधि प्रयोगका कारण दक्षिण एसियामा ठूलो संख्यामा गिद्ध मरेको विज्ञहरूको तर्क छ । 

औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सियाम औषधि बजारमा ल्याएको उहाँले जानकारी दिनुभयो । 

विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा ६ प्रजातिका गिद्ध पाइन्छन् । अध्यक्ष घिमिरेकाअनुसार डंगर, सुनगिद्ध, सानो खैरो, हाडफोर, सेतो गिद्ध र हिमाली गिद्ध नेपालका रैथाने प्रजाति हुन् । तथ्यांकअनुसार नेपालमा डंगर गिद्ध एक हजारदेखि दुई हजार, सानो खैरो गिद्ध ५० देखि ७५, सुन गिद्ध दुई सयदेखि चार सय, सेतो गिद्ध तीन सयदेखि एक हजार, हिमाली गिद्ध ६० देखि एक सय र हार्डफोर्ड गिद्ध पाँच सयको संख्यामा छन् । 

सिनो खाएर हैजा, झाडा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिइने गिद्ध संरक्षण अभियानमा एक दशक अघिदेखि कलम चलाउँदै आउनुभएका पत्रकार कृष्णमणि बराल बताउनुहुन्छ।


गिद्ध संरक्षणमा सन् २००७ यता फोटो प्रदर्शनी गर्दै आउनुभएका उहाँ प्रकृतिको कुचिकारको संरक्षणका लागि राज्यस्तबाट पनि चासो दिनु अपरिहार्य छ भन्नुहुन्छ । 

गिद्ध संरक्षणका लागि शुद्ध आहारा उपलब्ध गराउन कास्कीको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेण्ट सञ्चालनमा आएको छ । 

यसैबीच अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा भोलि पोखरामा गिद्धका फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता हुने भएको छ । 

नवौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरा पक्षी समाजको आयोजनामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धका फोटो प्रदर्शनी, गिद्ध सम्बन्धी विद्यालयस्तयरीय चित्रकला प्रतियोगिता र गिद्ध संरक्षण यात्रा गरी मनाउन लागिएको हो । 

कार्यक्रम अन्तर्गत भोलि नेपाल पर्यटन बोर्डमा फोटो प्रदर्शनी र माध्यामिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना हुने पोखरा पक्षी समाजका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । 

“विद्यार्थीलाई गिद्धको महत्व र संरक्षणमा सहभागिता गराउने उद्देश्यले फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता अयोजना गरिएको हो,” – उहाँले भन्नुभयो । 

गिद्धसँग सम्बन्धित चित्र तयार गरिने सो प्रतियोगिताका लागि पोखराका विभिन्न ४० वटा माध्यमिक विद्यालयलाई पत्राचार गरिएकामा करिव ३० विद्यालयका विद्यार्थीको सहभागिता हुने आयोजकले जनाएको छ । फोटो प्रदर्शनीमा राखिने विभिन्न ४० वटा फोटामध्ये पत्रकार कृष्णमणि बरालका २५ वटा फोटासहित पत्रकार राम गुरुङ, मनशान्त घिमिरे र हेमन्त ढकालका पाँच÷पाँचवटा फोटा रहनेछन् । 

सिनो खाएर वातावरण सफा गर्ने प्रकृतिका अभिन्न अंग गिद्ध विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि गिद्धको संरक्षणमा जनसहभागिता जुटाउन सन् २००९ देखि अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउन थालिएको हो । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा