भदौ १६, काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले यसवर्ष २३ औं निजामती सेवा दिवस बाढीपीडित केन्द्रित भएर मनाउने निर्णय गरेको छ । 

अविरल वर्षाका कारण २६ ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले यसवर्ष २३ औं निजामती सेवा दिवस बाढीपीडित केन्द्रित भएर मनाउने निर्णय गरेको छ । 

अविरल वर्षाका कारण २६ ज"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती सेवा दिवस बाढीपीडित केन्द्रित भएर मनाइने

२०७४, १६ भाद्र शुक्रबार ११:४७

भदौ १६, काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले यसवर्ष २३ औं निजामती सेवा दिवस बाढीपीडित केन्द्रित भएर मनाउने निर्णय गरेको छ । 

अविरल वर्षाका कारण २६ जिल्लामा ठूलो जनधनको क्षति भएकाले हर्षोल्लास भन्दा पनि बाढीपीडितलाई केन्द्रित गरेर कार्यक्रम गरिने निर्णय भएको मन्त्रायलका उपसचिव सिर्जना तिवारीले जानकारी दिनुभयो । 

उहाँले बाढीपीडितलाई राहत पु¥याउने किसिमले स्वास्थ्य शिविर रक्तदान, वृक्षरोपणजस्ता कार्यक्रम गरिने बताउनुभयो । उक्त दिवसका अवसरमा निजामती अस्पतालले यही मंगलबार बाढी प्रभावित क्षेत्र रौतहट र बुधबार ललितपुरको संखुमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । 

यस्तै विपद् व्यवस्थापनमा निजामती कर्मचारीको भूमिका विषयक निबन्ध प्रतियोगितासमेत आयोजना गरिने भएको छ । ‘निजामती कर्मचारीको प्रतिवद्धता ः पारदर्शीता र चुस्तता’ भन्ने मूलनाराका साथ यही २२ गते २३ आँै निजामती सेवा दिवस मनाउन लागिएको हो । 

दिवस सफततापूर्वक सम्पन्न गर्न मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा मूलसमारोह समिति गठन गरिएको छ । 

निजामती कर्मचारीले बाढीपीडितलाई पाँच दिनसम्मको तलब दिने भएका छन् । विशिष्ट श्रेणीकाले पाँच दिन, राजपत्राङ्कित प्रथम श्रेणीकाले चार दिन, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीकाले तीन दिन, राजपत्र अनङ्कित कर्मचारीले दुई दिन र श्रेणीविहीन कर्मचारीले एक दिनको तलब प्रधानमन्त्री राहत कोषमार्फत उपलब्ध गराउने भएका हुन् । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन