भदौ १७, सिरहा । तराईमा चुल्ठो काटिने हल्लाले मानिसहरु आक्रान्त भइरहेका बेला सिरहा भने चुल्ठो काटिएकी एक महिलाको मृत्यु भएको छ । 

सिरहाको सुखिपुर न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, सिरहा । तराईमा चुल्ठो काटिने हल्लाले मानिसहरु आक्रान्त भइरहेका बेला सिरहा भने चुल्ठो काटिएकी एक महिलाको मृत्यु भएको छ । 

सिरहाको सुखिपुर न"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहामा चुल्ठो काटिएकी महिलाको मृत्यु, अनुसन्धान नहुनु विडम्बना !

२०७४, १७ भाद्र शनिबार ०४:३१

भदौ १७, सिरहा । तराईमा चुल्ठो काटिने हल्लाले मानिसहरु आक्रान्त भइरहेका बेला सिरहा भने चुल्ठो काटिएकी एक महिलाको मृत्यु भएको छ । 

सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ७ की २५ वर्षीया लक्ष्मिनिया मुखियाको मृत्यु भएको हो । शुक्रबार घरमा कोहि नभएको बेला चुल्ठो काटिएको अवस्थामा बेहोस भएकी मुखियाको ओम गुरुकुल अस्पताल लहानमा उपचारका क्रममा राति नै मृत्यु भएको हो । मृतक मुखियालाई अस्पतालमा पोस्टमार्टमका लागि लागिएको छ । 

सिरहा जिल्लामा मात्रै अहिलेसम्म १५ जनाको चुल्ठो काटिएको घटना बाहिर आएको छ भने मृत्यु नै मुखियाको मृत्यु भएपछी त्यसले तराई अझै त्रास फैलिएको छ । 

यस अघि सर्लाहीमा पनि यस्तै घटना बाहिर आएको सर्लाहीबाट साझा सबाल डट कमका संवाददाता सरोज यादवले जानकारी गराएका थिए । घरबाहिर शौच गर्न जाँदा, घर–आँगनको काम गरिरहँदा, घाँस काटिरहँदा यस्तो घटना हुने गरेको बताइन्छ् । केहीले घरमै खाना पकाउँदा, टेलिभिजन हेरिरहँदा र धेरैजसो सुतिरहेको अवस्थामा चुल्ठो काटिएको हल्ला फैलिएको छ ।

कतिपय पीडितले कपाल काटिँदा कालो बिरालो आएको, छाया आएको, पछाडिबाट धकेलेको महसुस हुने गरेको बताएका छन् । कपाल काटिएपछि बेहोस हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, डराउने, निद्रा नलाग्नेजस्ता स्वास्थ्य समस्या हुने गरेको पीडितको भनाइ छ । स्थानीयवासीहरू डरले त्रसित भएपछि भूतप्रेतको प्रवेश नहोस् भनेर आफ्नो घरको मूलगेटमा कागती, लसुन, खुर्सानी, नीमको पातजस्ता वस्तु झुन्ड्याउने गरेको पनि समाचार छ । यति हुँदा पनि सरकारी तवरबाट कुनै खोजखबर–अनुसन्धान नहुनु विडम्बना नै मान्नुपर्छ । 

फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला