११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातमा महिला सुतीरहेको कोठामा मदिरा सेवन गरी प्रहरी पसेपछि…

१७ भाद्र २०७४, शनिबार ०८:३८

सम्राट सिंह/भदौ १७, बझाङ । जनताको सुरक्षामा खटिने राष्टसेवक  प्रहरी नै मदिरा सेवन गरी राती महिला सुतीरहेको कोठामा पसेपछि सदरमुकाम चैनपुर तनावग्रस्त बनेको छ ।

शुक्रबार राती १२ बजे वडा प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी जवान पदम साउँद मदिरा सेवन गरी महिला सुतीरहेको कोठामा पसेपछि शनिबार विहान सदरमुकाम चैनपुर मा उक्त प्रहरी जवानलाई कारबाहिको माग गर्दै चैनपुरबासी उत्तेजित भएका हुन ।

मदिरा सेवन गरी प्रहरी जवान साँउद राती एक्कासी महिला सुतीरहेको कोठामा पुगेपछि  महिलाले चोर आयो भन्दै होहल्ला गरी छिमेकीलाई बोलाएकी थिइन् । महिलाले छिमेकी लाई बोलाएपछि साउँद भागेर वडा प्रहरी कार्यालय भित्र पसेको छिमेकी लोकेन्द्र खडकाले बताए । 

उनले भने जनताको सुरक्षामा खटिने प्रहरी नै यसरी मदिरा सेवन गरी राती महिला सुतीरहेको कोठामा पस्नु लज्जापद कुरा हो, हामीले बिश्वास र भरोसा मानेको प्रहरी नै यस्ता कार्यमा संलग्न भएपनि हामी न्याय माग्न कता जाने । 

कुन नियतले मध्यराती प्रहरी जवान साउँद मदिरा सेवन गरी महिला सुतीरहेको कोठामा पसेका हुन यो भने खोजीको बिषय बनेको छ । प्रहरी जवान साँउदमाथी कारबार्हिको माग गदै  पिडित परिवारले जिल्ला प्रहरी कार्यालय बझाङमा उजूरी दिएका छन ।

साउँद जस्ता एक दुई जना प्रहरीहरुले गर्दा राष्ट सेवक नेपाल प्रहरी नै बदनामित बन्दै गएको वडा प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानले बताए । यस्ता प्रहरीलाई कडा कारबार्हि गरिनुपर्ने उनको भनाइ छ ।

राती महिला सुतिरहेको कोठामा मदिरा सेवन गरी प्रहरी पसेको कुरालाइ गभ्भिर रुपमा लिइ सदरमुकाम चैनपुरका स्थानियहरुले उक्त प्रहरीलाई कडा कारबार्हिको माग राखेपछि आजै प्रहरी जवान साउँदलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

मदिरा सेवन गरी राती महिला सुतीरहेको स्थानमा जाने प्रहरी जवान पदम साउँदलाई विभागिय कारबार्हि गरिने जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी क्रृषिराज कडेलले बताए । मदिरा सेवन गर्ने प्रहरीलाई कारबार्हि गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ छ । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह