२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रशिक्षणमा सहभागी हुने युवा क्रिकेटरहरुको धनगढीमा विदाई

२४ मंसिर २०७२, बिहीबार ०२:१३

मङ्सिर २४, धनगढी । युवा क्रिकेटमा, वर्चश्व जमाउँदै गएको सुदुरपश्चिमको क्रिकेट विकासका लागि क्षेत्रीय क्रिकेट विकास समिती पनि तात्न थालेको छ ।

निजि क्षेत्रमा क्रिकेट विकासका लागि विभिन्न गतिविधि भईरहेको अवस्थामा नेपाल क्रिकेट संघ मातहतको निकाय क्षेत्र नम्वर ९ पनि क्रिकेट विकासका लागि अग्रसर भएको हो ।

क्षेत्रको पहलमा तीन जना युवा क्रिकेटरहरुलाई तीन महिने निशुल्क क्रिकेट प्रशिक्षणका लागि भारतको जयपुरमा रहेको कावेली क्रिकेट एकेडेमीमा पठाईएको छ ।

यसै क्षेत्रका दुई जना र एक जना हेटौडाका खेलाडीलाई प्रशिक्षणका लागि आज पठाईएको हो । अभिभावक सहित प्रशिक्षणका लागि भारतको जयपुर जानु अघि खेलाडीहरुको आज धनगढीमा विदाई गरिएको छ ।

क्षेत्रीय क्रिकेट विकास समिती क्षेत्र नम्वर ९ का कार्यवहाक अध्यक्ष धिरेन्द्र साउँदको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंह प्रमुख अतिथि रहनु भएको थियो । खेलाडीहरुलाई प्रशिक्षणमा पठाईए पछि यसले नेपाली क्रिकेटको विकासमा पनि टेवा पुराउने विश्वास लिईएको छ ।

क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्वर ९ धनगढी क्रिकेट विकासको लागि अग्रसर भएको हो । क्षेत्रको पहलमा तीन जना खेलाडीहरु निशुल्क तीन महिने प्रशिक्षणका लागि भारतको जयपुरमा रहेको कावेली क्रिकेट एकेडेमीममा पठाईएको छ ।

एसिसि अण्डर १६ को विजेता टोलीका सदस्य रोशन अधिकारी र सोही टीमका अर्का सदस्य हेटौडाका रिजन ढकाल र उदमान खेलाडी विपिन रावललाई एक लाख भन्दा बढी खर्च हुने क्रिकेट प्रशिक्षणका लागि निशुल्क पठाईएको क्षेत्र नम्वर ९ का कार्यवहाक अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य धिरेन्द्र साउँदले जानकारी दिनुभयो ।

नेपालमा क्रिकेटको विकास लागि लाग्नुपर्ने निकाय नेपाल क्रिकेट संघ विवाद र आन्तरिक किचलोमा रुमल्लिएका वेला सोही निकायको एक क्षेत्रले क्रिकेट विकास लागि चासो देखाएको हो ।

क्षेत्र नम्वर ९ को पहलमा क्रिकेट प्रशिक्षण गर्ने मौका पाएका खेलाडीहरु आफ्नो प्रदर्शनमा सुधार आउने र भोलीका दिनमा अझ राम्रो क्रिकेट खेल्ने विश्वास लिएर तीन महिने प्रशिक्षणमा लागेका छन ।

प्रशिक्षणमा सहभागी भएर धेरै कुराहरु सिक्ने र भोलीका दिनमा अझ राम्रो खेल्ने आशाा राखेको १६ वर्ष मुनिको नेपाली क्रिकेट टीमका सदस्य रोशन अधिकारीले वताउनुभयो ।

क्रिकेटको प्रशिक्षणका लागि तीन महिना भारत गएका खेलाडीहरुको पढाई भने प्रभावित हुने देखिएको छ । तर पनि खेल प्रतिको लगावले उनीहरुका अभिभावकहरु क्रिकेट प्रशिक्षणमा जान दिन राजी भएका हुन ।

उनीहरुका अभिभावकहरुले क्रिकेटमा धेरै कुरा सिक्ने मौका पाउने र वाँकी रहेको समयमा पढाईलाई अगाडी वढाउने गरी प्रशिक्षणमा पठाएको वताउँछन । प्रशिक्षणका लागि जयपुर पुराउन जानुभएका रिजन ढकालका वुवा राजु ढकालले छोराछोरीको चहाना अनुसार क्रिकेट प्रशिक्षणमा जान दिएको र पढाईलाई पनि सँगसँगै अगाडी वढाउने वताउनुभयो ।

सुदुरपश्चिममा क्रिकेट विकास लागि निजि क्षेत्रवाट पहल भईरहेको अवस्थामा खेलकुद संरचना भित्रको निकाय तात्नुलाई सरकारत्मक संकेत मान्नुपर्छ । यसरी नै सवै क्षेत्रहरुले क्रिकेट विकास लागि सोच्ने हो भने नेपाली क्रिकेटका सुनौला दिनहरु आउन कुनै समय नलाग्ने छैन क्रिकेट प्रेमीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प