२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा फेरी अर्की महिलाको चुल्ठो काटियो, बेहोस भएपछि अस्पताल भर्ना

२०७४, १७ भाद्र शनिबार ११:१७

सरोज यादव/भदौ १७, सर्लाही । सर्लाही सहित तराईका विभिन्न जिल्लाहरुमा महिलाको चुल्ठो काटिने गरेको हल्ला चलिरहेकाबेला सर्लाहीमा फेरी अर्की महिलाको कपाल काटिएको छ ।

सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीका मिचन महतोकि श्रीमति ३५ बर्षीय रिना महतोको कपाल काटिएको छ । शनिबार दिउसो २ बजेतिर आफ्नै घरमा बसेर मकै केलाउने क्रममा रिनाको कपाल काटिएको बताइएको छ । रिनाले मकै केलाइरहेकाबेला कपाल काटिएको थियो, तर उनि उठ्दा कपाल कपाल भुइमा झरेको देखेपछी बेहोस भएकी थिइन् । बेहोस भएकी उनलाई हरिवन स्थित नमुना आस्पतालमा भर्ना गरिएको छ । 

कसरि काटिन्छ कपाल ?

घरबाहिर शौच गर्न जाँदा, घर–आँगनको काम गरिरहँदा, घाँस काटिरहँदा यस्तो घटना हुने गरेको बताइएको छ । केहीले घरमै खाना पकाउँदा, टेलिभिजन हेरिरहँदा र धेरैजसो सुतिरहेको अवस्थामा चुल्ठो काटिएको हल्ला फैलिएको छ ।

कतिपय पीडितले कपाल काटिँदा कालो बिरालो आएको, छाया आएको, पछाडिबाट धकेलेको महसुस हुने गरेको बताएका छन् । कपाल काटिएपछि बेहोस हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, डराउने, निद्रा नलाग्नेजस्ता स्वास्थ्य समस्या हुने गरेको पीडितको भनाइ छ । 

दिन प्रतिदिन सर्लाही लगायत तराईको विभिम्न जिल्लामा यस्तो घट्ना बढ्दै जादा सबै तराईवासि त्रसित भएका छन् ।  (फाइल तस्बिर)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने