२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन’

२०८२, ५ असार बिहीबार १५:५४
काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन नसक्ने धारणा राख्नुभएको छ ।
राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको सरकारी तथा गैरसरकारी निकाय÷संस्थासँग अन्तरक्रिया गोष्ठीमा मन्त्री भण्डारीले मुलुकभित्र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न मन्त्रालयले आन्तरिक रोजगार दशक लागू गर्न खोजिरहेको उल्लेख गर्नुभयो ।
“मन्त्रालयले आन्तरिक रोजगारीको सृजना गरेर अगाडि बढ्नेगरी योजना बनाइरहेको छ, बाध्यात्मक वैदेशिक रोजगारीलाई अन्त्य गर्न मन्त्रालय प्रयासरत छ, यसलाई निरुत्साहित गरिनुपर्छ । सूचना प्रविधिको सहयोगमा रोजगारीका अवसर सृजनामा केन्द्रित भएका छौँ”, उहाँले भन्नुभयो । मन्त्री भण्डारीले सरकारले दिएको रोजगारी मात्रै रोजगारी हो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ भन्दै निजी क्षेत्रले सृजना गर्ने रोजगारी पनि महत्त्वपूर्ण हुने बताउनुभयो ।
“निजी क्षेत्रसँग सहकार्य र समन्वय गरी मुलकको आर्थिक समृद्धि हासिल गर्ने मार्गमा मन्त्रालय लागिरहेको छ । वैदेशिक रोजगारीमा गएर आएकाको सीप कसरी उपयोग गर्न सकिन्छ भनेर सबै पक्षबीच छलफल र समन्वय गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।
श्रममन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी वैदेशिक रोजगारी मात्र नभइ आन्तरिक रोजगारी बढाउने भएकाले मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरी काम गरिरहेको जानकारी दिनुभयो । उहाँले श्रम क्षेत्रमा आउने चुनौतीको सामना गर्न, वैदेशिक रोजगारीमा रहेकालाई नेपालमा फर्काएर रोजगारीको वातावरण सृजना गर्न सबै पक्षले जिम्मेवारी र जवाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सम्पदा क्षेत्रमा झिँगटीको छाना छाउने र पुरातात्त्विक महत्त्वका सम्पदा निर्माणमा जनशक्ति कम रहेकाले महानगरले आवश्यकतामा आधारित तालिमलाई जोड दिएको बताउनुभयो ।
मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न प्रकारका तालिम सुरु गरेको भन्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारको मागअनुसार निजी क्षेत्रसँग सहकार्य गरेर तालिम सञ्चालनसँगै नीतिगत रूपमा सुझाव दिने काम भइरहेको बताउनुभयो । प्रतिष्ठानले वास्तविकतामा आधारित गरेर दक्ष कामदार तयार गर्न सुरुवात भएको उहाँले जानकारी गराउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मलहोत्राले दक्ष जनशक्तिले मुलुकको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने भन्दै नेपालमा रोजगारको अवसरको सृजना हुने वातावरण बन्दै गएको धारणा राख्नुभयो । घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले श्रम मन्त्रालयले प्रभावकारी काम गरिरहेको भन्दै दक्ष जनशक्ति निर्माणमा महासङ्घ सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।
पाँच वर्षे रणनीतिक योजनाका बारेमा प्रस्तुतिकरण दिँदै प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमका विज्ञ डा रामहरि लामिछानेले सीप विकास तथा व्यवसायिक तालिमका क्षेत्रमा ६६ वर्ष लामो इतिहास भएको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले राष्ट्रिय तथा अन्तरराष्ट्रिय मागअनुसारको दक्ष जनशक्ति तयार गर्नसक्ने क्षमता रहेको धारणा राख्नुभयो । प्रतिष्ठानसँग वैदेशिक रोजगारमा गएर फर्केकालाई पनि तालिम दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यकारी निर्देशक रमेशकुमार बखतीले रोजगारदातालाई आवश्यक दक्ष जनशक्ति निर्माणका लागि पाठ्यक्रम निर्माण गरी सोहीअनुसार तालिम दिएर आन्तरिक रोजगारलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ