३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु

७ असार २०८२, शनिबार १६:३३
काठमाडौँ | नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा आजदेखि यहाँ साताव्यापी सिजाङ सांस्कृतिक सप्ताह सुुरु भएको छ ।
‘सिजाङ मिडिया गु्रप’द्वारा आयोजित सप्ताहको राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, नेपालका लागि चीनका राजदूत छन सोङ र सिजाङ अन्तरराष्ट्रिय सांस्कृतकि सङ्घका उपाध्यक्ष लो च्युनले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उपाध्यक्ष घिमिरेले प्रस्तुत कार्यक्रमबाट दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ तुल्याउन र जनस्तरीय मैत्रीलाई प्रगाढ बनाउन योगदान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल–चीन सम्बन्ध केबल कूटनीतिक सीमाभित्र सीमित छैन, यो सम्बन्ध साझा इतिहास, संस्कृति, धर्म, सभ्यता र जनजीवनको जगमा निर्माण भएको छ ।”‘एक चीन’ सिद्धान्तप्रति नेपाल आफ्नो प्रतिबद्धता रहेको उहाँले बताउनुभयो ।
नेपालका लागि चीनका राजदूत छन सोङले चीन जनताको आकाङ्क्षाअनुरुप आर्थिक विकास, सामाजिक सद्भाव, पर्यटन पव्रद्धन, भौतिक पूर्वाधार निर्माण, यातायात सञ्जाल विस्तार, सूचना प्रविधिको विकासलाई तीव्रता दिँदै आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको जानकारी दिनुभयो ।
सिजाङ अन्तरराष्ट्रिय सांस्कृतिक सङ्घका उपाध्यक्ष लो च्युनले नेपाल र चीनबीच झण्डै दुई हजार वर्षदेखिको सांस्कृतिक सम्बन्ध सरकारीस्तरका साथै जनस्तरमा पनि झाङ्गिँदै गएको बताउनुभयो । उहाँले दुई देशबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य जनहितका क्षेत्रमा भएका कामले आपसी सम्बन्धलाई अझ विस्तार गरेको बताउनुभयो ।
उद्घाटन समारोहमा विविध सांस्कृतिक कार्यक्रमका साथै सिजाङ क्षेत्रको भौगोलिक विविधता, रहनसहन, कला संस्कृति, वेशभूषा, पूर्वाधार निर्माणलगायत सिजाङसँग सम्बन्धित तस्बिर प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’