२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बंगलादेशले नेपालबाट लैजाने भनेको ५०० मेगावाट बिजुली योजना अन्यौलमा

२०८२, ११ असार बुधबार १४:१०

काठमाडौँ । बंगलादेशले नेपालको अपर (माथिल्लो)कर्णाली जलविद्युत आयोजनाबाट ५०० मेगावाट बिजुली लैजाने योजना अन्यौलमा परेको छ । बंगलादेश सरकारले स्पेसल पावर एक्ट अन्तर्गत भएका सबै सम्झौता स्थगित गर्ने निर्णय गरेसँगै जिएमआर कम्पनीसँगको सम्झौता रद्द गर्ने तयारी भइरहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्। बंगलादेश अधिकारीहरूलाई उद्धृत गर्दै नेपालबाट ५०० मेगावाट बिजुली लैजाने योजना अनिश्चित भएको उल्लेख गरेका छन्।

नेपालको ९०० मेगावाट क्षमताको जिएमआर अपर कर्णाली जलविद्युत आयोजनाबाट बिजुली लैजाने विषय तीन देशीय मोडलमा कार्यान्वयन गरिने उल्लेख गरिएको थियो। तर बंगलादेशले हालै निर्णय गर्दै यसलाई अघि नबढाउने संकेत दिएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (ऊर्जा विकास बोर्ड) का अध्यक्ष इन्जिनियर रेजाउल करिमले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले स्पेसल पावर एक्ट अन्तर्गत भएका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेको बताएका छन्। यो निर्णय भइसकेकाले जिएमआरसँगको प्रस्तावित सम्झौता पनि स्वत रद्द हुने भएको मान्न सकिने उल्लेख गरेका छन्। बंगलादेशले भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट बिजुली लैजाने योजना थियो। अहिले पनि नेपालबाट ४० मेगावाट बिजुली निर्यात भइरहेको छ।

बंगलादेशले यो प्रसारण लाइन मार्गप्रति भूराजनीतिक र रणनीतिक चासो देखाउँदै प्रश्न समेत उठाएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।बंगलादेशी अधिकारीहरूको भनाइमा अहिलेको अन्तरिम सरकार यो आयोजना अघि बढाउने विषयमा खासै इच्छुक देखिएको छैन। २०२४ मा बंगलादेशले भारतको जिएमआर इनर्जीसँग एमओयु गरेर नेपालबाट ५०० मेगावाट बिजुली लैजाने योजना अघि सारेको थियो।

गत वर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेड भारतबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत निर्यात भएको थियो।

नेपाल विद्युत प्राधिकरणले यो बर्खाको पाँच महिना निरन्तर बंगलादेशमा विद्युत निर्यात गर्ने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट