३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

खोला तथा नदी तटमा नबसी सुरक्षित हुन अनुरोध

११ असार २०८२, बुधबार १७:५८

काठमाडौँ । चिनियाँ भूभाग तिब्ब्ततर्फ भारी वर्षा भइरहेकाले रसुवास्थित नदी तथा खोलाको किनारमा बस्ने स्थानीय बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले उत्तरी क्षेत्र केरूङलगायत चिनियाँ भूभागमा भारी वर्षा भइरहेकाले नेपालतर्फ स्थानीय भोटेकोसी नदीसहित अन्य खोलातटमा बस्ने बासिन्दालाई आफ्नो जिउधनको सुरक्षा अपनाउन अनुरोध गरेको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तिब्बततर्फका चिनियाँ समकक्षीले केरुङ आसपासका भूभागमा भारी वर्षा भइरहेको भनी सजगकता अपनाउन अनुरोध गरेको र तिब्बत हुँदै नेपालतर्फ बग्ने केरुङ र ल्हेन्दे खोला मिसिएपछि भोटेकोसीका रुपमा परिचित नदीको पानीको बहाव अहिले बढिरहेकाले सचेत र सजग भइदिन स्थानीय बासिन्दासमक्ष अनुरोध गरिएको स्पष्ट गर्नुभयो ।

यसैगरी हाम्रा मौसमविद्ले पनि हिमाली जिल्ला रसुवालगायत आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भनी जानकारी गराइरहनुभएका सन्दर्भमा सम्भावित जोखिमबाट बच्ने उपाय अपनाउन विशेषगरी स्थानीय नदी तथा खोलातटका बासिन्दासँग अनुरोध गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु