देवचुली नगरपालिकाको प्रगतिनगर, दलदले, दुम्कौलीका सबै स्थान तथा देवचुलीका अधिकांश ग्राम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... देवचुली नगरपालिकाको प्रगतिनगर, दलदले, दुम्कौलीका सबै स्थान तथा देवचुलीका अधिकांश ग्राम"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

देवचुली नगरपालिकामा सोलार बत्ती जडान

२० भाद्र २०७४, मंगलवार ०७:०४

भदौ १९, नवलपरासी । देवचुली नगरपालिकाका अधिकांश वडामा सोलार बत्ती जडान गरिएको छ । 

नगरको बजार क्षेत्रसँगै ग्रामीण भेगमा समेत सोलार बत्ती जडान गरिएको छ । देवचुली नगरपालिकाको प्रगतिनगर, दलदले, दुम्कौलीका सबै स्थान तथा देवचुलीका अधिकांश ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ । 

नगरको मुन्डे, गैडी, रामवास, सीतावास, विशालटार, मुसहर टोललगायतका ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ । यी ग्रामीण बस्तीमा बाटो पक्की बन्न सकेको छैन । बत्ती जडान भएपछि रातको समयमा गाउँ नै झिलीमिली भएको देवचुली–१२ गैडीका मुक्तीराम पराजुलीले बताउनुभयो । 

देवचुली–११ धारापानी सातघरेचोककी कुमारी बराल सोलार बत्ती राखेपछि रातको समयमा हिँडडुल गर्न सहज भएको बताउनुहुन्छ । 

देवचुली नगरपालिकामा १७ वटा वडा छन् । उज्यालो नगर बनाउने योजनाअनुरुप नगरका सबै वडामा सोलार बत्ती जडान गरिएको देवचुली नगरपालिकाका वातावरण अधिकृत धु्रव आचार्यले बताउनुभयो । गएको तीनवटा आर्थिक वर्षमा नगरपालिकाभित्र २६१ वटा ठाउँमा सोलार बत्ती जडान गरिएको उहाँले जानकारी दिनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र देवचुली नगरपालिका र उपभोक्ता समेतको रु दुई करोड ५० लाख लगानीमा सोलार बत्ती जडान गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह