२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

भुकम्पले घर भत्किएपछि एक्ली भद्रकुमारीको विचल्ली

२०७२, २७ पुष सोमबार ०४:१९

प्रकाश धौलाकोटी, पौष २७, तेह्रथुम ।  तेह्रथुमकोे हमरजुङ–४ की ६२ वर्षीय भद्रकुमारी तोलाङ्गीलाई आफ्नो जीवनको आधा उमेरसम्म कहिल्यै रुन परेन । शरीरमा तागत, पाखुरीमा बल र मनमा जोस जाँगर बाँकी भइन्जेल सबै ठिकै थियो उहाँकालागि । तर बल वैश र जोस जाँगर उमेरसँगै डाँडा काटेर गएपछि अहिले भद्रकुमारीको जीवन दुःखमा होमिएको छ ।

terhathum news 1
दुई दाजुभाई भएपनि बाबुआमाको हेरचाहमा कमी भएर विजोग हुने डरले उमेरमा विहे नगरेपछि अहिले भद्रकुमारी एक्ली हुनुभएको हो ।

बाबुआमाको मृत्युपछि एक्लै बस्दै आउनुभएकी उहाँको आफ्नो नाममा पैतिृक सम्पतीपनि छैन । दाजुभाईले पनि साथ दिएनन् र अन्ततः उहाँ एक्ली हुनुभएको हो ।
बस्दै आएको घर २०६८ साल असोज १ गतेको भुकम्पले भत्काइदिएपछि भद्रकुमारीको गाँस र बास दुवै विचल्ली भयो ।

हाँ त्यसयता घर छेऊको बाख्राको खोरमा बस्दै आउनुभएको छ । तर बाख्राको खोरमा ओत लागेर गुजारा चलाएपनि चिसो र जाडोको मौषममा भने भद्रकुमारीलाई निकै सकस हुन्छ ।

यसवर्ष पनि चिसो सुरु भएपछि बुढेसकालको शरीरमा रोग र विभिन्न शारीरिक समस्याले च्याप्दा भद्रकुमारी दुई हप्तादेखि थला पर्नुभएको छ । भुकम्पले घरमा क्षति गरेपछि आर्थिक कमजोरीकै कारण बास बस्न ओत लाग्ने घर बनाउन नसकेको तोलाङ्गीले बताउनुभयो । भुकम्पले घरमा क्षतिपुर्याए बापत राहत स्वरुप पाएको त्रिपालपनि च्यातिएपछि आफुले पालेका बाख्राको खोरमा उहाँ बस्न र रात विताउन बाध्य हुनुभएको हो ।
बाख्राको खोरको छानोपनि भत्किएको छ ।

छानोमा लगाएको च्यातिएको पाल, केही केही थोत्रा कपडा र वरिपरि पनि खुला रहेको गोठमा बास बस्नु भद्रकुमारीको दुःख बाध्यता छ । ओत लाग्ने घरदेखि गाँस र साथकालागि धेरैलाई गुहारेँ, उहाँले भन्नुभयो–तर गाउँका मान्नेगन्नेले पनि वास्ता गरेनन् ।
वर्षामा पानी परेपनि न्यानो हुँदोरहेछ, भद्रकुमारीले गहभरि आँसु पारेर भन्नुभयो– जाडो समयमा रात कतिबेला बित्छ भन्दै रात कटाउनु परेको छ । गरिब र निमुखालाई त कसैले हेर्दैन रहेछन् भद्रकुमारी भन्नुहुन्छ–यो संसार पनि हुने खानेका लागि मात्रै हो, नहुने र निमुखालागि कसैले बोल्दैनन् ।


उमेरले ६० काटेकी भद्रकुमारीको नागरिकता पनि छ । तर आफैँले प्रक्रियाबारे जानकारी नपाउँदा गाउँ विकास समितिको कार्यालयबाट पाउने सामाजिक सुरक्षा भत्ता पनि पाउनु भएको छैन ।
वर्षौदेखिको आफ्नो दुःख देखाएर गुहार गर्दापनि कसैले नसुनेको उहाँले गुनासो गर्नुभयो । ज्यानले सकिन्जेल बनीबुतो गरेर गुजारा चलाएँ, दिनभर साथीभाइसँग हाँसीखुसी ठिकै थियो, भद्रकुमारी भन्नुहुन्छ–तर यी चार वर्षका हरेक रात मेरा आँखा ओभाना रहेनन्, हिउँदमा चिसो बढ्दा र विरामी पर्दा मेरो सास कहिले जाला भनेर कुर्ने गरेकी छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन