कमल पौडेल | भदौ २०, खर्वाङ | गल्कोट नगरपालिका वडा नं. ११ ले शैक्षिक सुधार को लागी वडा भित्रका विद्यालय तथा वालविकास केन्द्रहरुमा अनुगमन सुरु गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल पौडेल | भदौ २०, खर्वाङ | गल्कोट नगरपालिका वडा नं. ११ ले शैक्षिक सुधार को लागी वडा भित्रका विद्यालय तथा वालविकास केन्द्रहरुमा अनुगमन सुरु गरेको छ । "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रिघाको शैक्षिक सुधारको लागी शैक्षिक संस्थामा अनुगमन सुरु

२० भाद्र २०७४, मंगलवार १४:२८


कमल पौडेल | भदौ २०, खर्वाङ | गल्कोट नगरपालिका वडा नं. ११ ले शैक्षिक सुधार को लागी वडा भित्रका विद्यालय तथा वालविकास केन्द्रहरुमा अनुगमन सुरु गरेको छ । 

वडा अध्यक्ष डम्बर वहादुर श्रीसको टोलीले आज किम्ले प्राथमिक विद्यालय किम्लेमा अनुगमन निरिक्षण गरेको छ। सो क्रममा वडा अध्यक्ष श्रीसले विद्यालयमा शैक्षिक सुधारको लागी आवश्यक कदम चाल्न सवै पक्ष तयार हुनुपर्ने वताउनु भएको छ। श्रीसले कुनै पनि विषयको समस्या हुँदा समाधान पनि संगै हुने भन्दै विद्यालय संग सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने वताउनु भएको छ। कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका सदस्य प्रेम चालिसे, तिलक पुन लगाएतले बोल्नुभएको थियो। कार्यक्रम विद्यालय व्यावस्थापन समिति अध्यक्ष दान वहादुर श्रीसको अध्यक्षता तथा प्रधानाध्यापक रुपा पुन को संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै टोलीले आजै पारिजात वाल विकास केन्द्र झारसाँदि मा पनि अनुगमन तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा वडा अध्यक्ष डम्बर श्रीसले शिक्षाको आधारभूत जग वालविकास भएकोले वालवालिकाको मनोवैज्ञानिक विकास तथा सकारात्मक सोचको विकास आधारभूत तहवाट गर्नुपर्ने वताउनु भएको छ। कार्यक्रममा समाजसेवी इन्द्रमणि सापकोटाले धारण व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम वालविकास केन्द्रका अध्यक्ष मनिराम विकको अध्यक्षता, तथा सहजकर्ता नन्दकलि नेपालीको संचालनमा सम्पन्न भएको थियो। गल्कोट नगरपालिका वडा नं. ११ रिघाले वडा भित्रको शिक्षा निति निर्माण गरि वडा भित्रका सवै विद्यालय अनुगमन गर्ने र आवश्यक पृष्ठपोषण सहित शैक्षिक सुधार गर्ने उद्धेश्य साथ कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका डम्वर श्रीसले वताउनु भएको छ।

माथिको तश्विरमा: वडा अध्यक्ष डम्वर श्रीस कार्यालयमा काम गर्दै | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह