२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

गर्मी बढेसंगै कैलालीमा आँखा रोगीहरुको संख्यामा बृद्धि

२०७३, १६ बैशाख बिहीबार ०४:३१

बैशाख १६,कैलाली । गर्मी बढेसंगै कैलालीमा आंखा रोगीहरुको संख्यामा बृद्धि भइरहेको छ । चिसो मौसममा फाटफुट रुपमा मात्रै देखा पर्ने आंखाका रोगी गर्मीसंगै बढ्न थालेको चिकित्सिकहरु बताएका छन् ।

अहिले आंखा अस्पतालमा दैनिक १० देखि १५ जना विरामीहरु आँखा चेकचांज गराउन आउने गरेको आंखा अस्पताल स्रोतले जनाएको छ । गर्मी याममा प्राय आंखा रातो हुने, आंखामा चिप्रा आउने, उज्यालोमा हेर्न समस्या हुने, आंखा चिलाउने समस्या बढ्ने गरेको चिकित्सकहरुले बताएका छन् । गर्मी मौसममा धुलो र धुवां बढी हुने तथा रुखमा फुल फुलेर झर्ने हुनाले पनि आंखामा बढि एलर्जीको समस्या हुने गर्छ । त्यस्तै गर्मी याममा अधिक समय कम्प्युटरमा बस्न नहुने पनि चिकित्सकको सुझाब छ । गर्मीयाममा प्रदुषित बातावरणमा नजान र हरियो सागपात तथा भिटामिन ए पाइने फलफुल बढि सेवन गर्न पनि चिकित्सकहरुको सल्लाह छ ।
चिकित्सकहरुले गर्मी याममा बढी समय कम्प्युटर चलाउनु पर्दा वा टेलीभिजन हेर्नु पर्दा केहि बेर आंखालाई आराम दिनुपर्ने र विचविचमा चिसो पानीले आंखामुख धुन सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ