लोकेन्द्र खनाल। भदौ २१,  रुकुम । बाँफिकोट गाउँपालिका– ७ की २२ वर्षीय कमला खत्रीलाई पहिलो पटक सुत्केरी वेथा सुरु भएपछि उहाँका आफन्तले जिल्ला अस्पताल सल्लेमा ल्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र खनाल। भदौ २१,  रुकुम । बाँफिकोट गाउँपालिका– ७ की २२ वर्षीय कमला खत्रीलाई पहिलो पटक सुत्केरी वेथा सुरु भएपछि उहाँका आफन्तले जिल्ला अस्पताल सल्लेमा ल्या"/>
२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा सुत्केरी हुन २० हजार भाडा दिनुपर्ने बाध्यता

२०७४, २१ भाद्र बुधबार ११:२७

लोकेन्द्र खनाल। भदौ २१,  रुकुम । बाँफिकोट गाउँपालिका– ७ की २२ वर्षीय कमला खत्रीलाई पहिलो पटक सुत्केरी वेथा सुरु भएपछि उहाँका आफन्तले जिल्ला अस्पताल सल्लेमा ल्याए । 

सुत्केरी गराउनका लागि एक साताअघि अस्पताल आएकी उनको त्यहाँ कुनै उपचारको सुरुवात नै गरिएन् । त्यसपछि आफन्तले रु २० हजार भाडा तिरेर एम्बुलेन्समा उनलाई नेपालगञ्ज ल्याए । 

यस्तै त्रिवेणी गाउँपालिका– ५ की विष्णुकला घर्तीलाई पनि सुत्केरी बेथा सुरु भयो । बेथा सुरु भएको दुई दिनसम्म पनि उहाँको बच्चा नजन्मिएपछि आफन्तले जिल्ला अस्पताल सल्ले ल्याए तर उनको पनि त्यहाँ उपचार सुरु गरिएन । 

त्यसपछि आफ्न्तले रु २० हजार भाडा दिएर एम्बुलेन्समा उनलाई कोहलपुर ल्याए । यी त केहि प्रतिनिधि पात्र मात्र हुन् । विगत दुई महिनादेखि जिल्ला अस्पताल सल्लेमा सुत्केरी हुन आउने महिलाले यस्तै समस्या व्यहोर्नु परेको छ । 

जिल्ला अस्पतालमा सुत्केरी हुन आउने जटिल अवस्थाका महिलालाई सुत्केरी हुन दाङ वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ । एक महिनामा करिब ९० जना भन्दा बढी महिला सुत्केरी हुन अस्पतालमा आउने गरेको भए पनि तीमध्ये १० देखि १५ जनासम्म जटिल अवस्थाका हुुने गर्छन् । 

अलिकति जटिल अवस्थाका सुत्केरी हुन आउने महिला जिल्ला बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहको बिरामीको गुनासो छ । साउन र भदौ महिनाको १९ गतेसम्म सुत्केरीका लागि अस्पताल आएका ९९ जना गर्भवती महिलामध्ये ७९ जनाले मात्रै अस्पतालको प्रसूतिगृहबाट सेवा लिएका छन् । 

जटिल अवस्थामा अस्पताल पुगेका २० जना महिला भने सुत्केरी हुन दाङ वा नेपालगन्ज गएका छन् । जिल्ला अस्पतालकाअनुसार साउन महिनामा १५ र भदौ महिनाको हालसम्म पाँचजना गर्भवती महिलालाई जटिल अवस्था देखिएकै कारण शल्यक्रियाका लागि जिल्लाबाहिर पठाएको छ । 

सुत्केरी गराउन जिल्लावाहिर जानुपर्दा प्रत्येकले रु १५ हजार देखि रु २० हजारसम्म एम्बुलेन्सको भाडा तिर्नुपर्ने हुन्छ । उनीहरु एम्बुलेन्स भाडा गरेर सुत्केरीका लागि दाङ वा नेपालगन्ज जाने गरेका छन् । 

गत आर्थिक वर्ष २०७३/७४ को अन्त्यसम्ममा जटिल अवस्थाको शल्यक्रिया जिल्ला अस्पतालमै हुने गर्दथ्यो । सो आवको अन्त्यतिर प्रसूति शल्यक्रियाका चिकित्सकले जागिर छाडेपछि जिल्लावासी समस्यामा परेका छन् । 

प्रसूति गृहमा कार्यरत स्वास्थ्यकर्मीले थोरै जटिल देखे पनि सुत्केरीका लागि नेपालगञ्ज रेफर गर्ने गरेको बिरामीको भनाइ छ । ‘यहाँ शल्यक्रिया हुन छाडेको दुई महिना पुग्नै लाग्यो, त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मीले भने, ‘रिस्क मोल्नुभन्दा रेफर गर्ने गरेका छौं ।’ 

जिल्ला अस्पताल प्रमुख डा. सविन पोखरेलले विशेषज्ञ चिकित्सक नभएपछि जटिल अवस्थाका सुत्केरी गराउन समस्या परेको बताउनुभयो । “थप सेवा गर्न आग्रह गर्दागर्दै पनि चिकित्सकले जागिर छोडेर जानुभयो, उहाँले भन्नुभयो, “अब हामी जतिसक्दो छिटो नयाँ विशेषज्ञ चिकित्सक ल्याउने पक्षमा छौ, चिकित्सक आउने वितिकै समस्या समधान हुन्छ ।” रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला