२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा विद्यालय गएका शिक्षक घर फर्केनन्, १२ बर्षीय बालिका पनि वेपत्ता

२०७४, २२ भाद्र बिहीबार ०४:१२

भदौ २२, नवलपरासी । नवलपरासीमा एकजना शिक्षक बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दर्ता गराएका छन् । 

नवलपरासीको कावासोतीका रामप्रसाद चापागाईं देबचुली नगरपालिकामा रहेको विश्वज्योति बोर्डिङ स्कूलमा पढाएर घर नफर्किएको भनी परिवारजनले प्रहरीमा निवेदन दिएका हुन् । 

गत भदौ १६ गते शुक्रबार विद्यालयमा पढाएर हिँडेका रामप्रसाद घर नआएपछि बुधबार प्रहरीमा श्रीमती संगिता र बुबा दुर्गादत्त चापगाईंले निवेदन दर्ता गराएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

रामप्रसादकी श्रीमती संगिताले भनिन्, ¬विद्यालयबाट ४ बजे निस्किएको विद्यालय प्रशासनले जानकारी दियो तर पाँच दिनसम्म पनि उहाँ आउनुभएन । फोन सम्पर्क गर्दासमेत सम्पर्क हुन नसकेको उनले बताइन् । 

पैसट्ठी वर्षीय बुबा र २५ वर्षीया श्रीमतीले प्रहरीमा निवेदन पेश गर्दै भने, आउनुहुन्छ होला भन्दै बाटो हेरेको हेरै भइयो, तर आउनुभएन, त्यसैले प्रहरीमा निवेदन दर्ता गर्न आएका हौँ । 

रामप्रसाद के कारणले हराए भन्ने विद्यालय र परिवारलाई थाहा छैन । कावासोतीबाट चार किलोमिटर दूरीमा रहेको उक्त विश्वज्योति बोर्डिङ्मा उनी गत वैशाखदेखि पढाउन थालेका थिए । 

बालिका बेपत्ता 

यसैबीच, नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारीको एक बालिका बेपत्ता भएकी छिन् । 

आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीसँग पौडी खेलिरहेको अवस्थामा तीनजना साथी घर फर्के तर अस्मिता दाईको ससुराली सर्दी जान्छु भनी हिँडेको तर त्यहाँ नपुगेको र घर पनि नफर्केको आमा आशाले जानकारी दिनुभयो । 

गहुँगोरो वर्णकी आकासे रङको सर्ट र निलो स्कर्ट लगाएकी अस्मितालाई भेट्नु हुने वा देख्नुहुने जो कोहीले तुरुन्त परिवारलाई अथवा नजिकैको प्रहरीमा खबर गरिदिनका लागि हराएकी बालिकाकी आमा आशाले आग्रह गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै