१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराबाटअपहरणमा परेकी बालिकाको धादिङमा सकुशल उद्धार

२२ भाद्र २०७४, बिहीबार ०८:२२

भदौ २२, धादिङ। पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरिल्याइएको एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । 

धादिङस्थित पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका खेस्टेबाट एक दुई वर्षीया बालिकालाई उद्धार गरिएको सिम्लेस्थित प्रहरी प्रहरी सहायक निरीक्षक सिम जिसीले बताउनुभयो । धादिङको धुनीबेसी नगरपालिका धार्के निवासी २७ वर्षीय सन्तोष सापकोटाले एक शिशु बोकेर सडक क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला पारेपछि बजारवासीले प्रहरीलाई खबर गरेका थिए । 

आरोपी सापकोटालाई सोधपुछपछि प्रहरीले पक्राउ गरेको छ भने बालिकाको नातेदारको खोजी गरी जिम्मा लगाइने प्रहरीले जनाएको छ । पोखराको चिप्लेढुङ्गा क्षेत्रमा कवाडी सामानको काम गर्ने बालिकाका बाबुआमालाई आफूले घरमा बालक हेरी दिने बताएर उनीहरु काममा गएको बेला बालिका बोकेर धादिङ ल्याएको प्रारम्भिक अनुसन्धानमा सापकोटाले प्रहरीलाई बताएको प्रहरी सहायक निरीक्षक जिसीले जानकारी दिनुभयो । 

सापकोटाले बालिकालाई २० गते दिउँसो पोखराबाट ल्याएको बताएपनि अपहरण किन ग¥यो भन्नेबारे अझैसम्म केही नखुलेकाले अनुसन्धानपछि आरोपी विरुद्ध मुद्दा चलाइने जनाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह