४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा शोकसभा

१९ बैशाख २०७३, आईतवार ०८:३९

वैशाख १९, धनगढी | गत वर्ष वैशाख १२ गत विनाशकारी भूकम्पमा ज्यान गुमाएका Sumanको स्मृतिमा शोक सभा आयोजना गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको आयोजनामा शोक सभा गरिएको हो । मकवानपुरका संस्थापक अध्यक्ष भोम्जन १२ गतेदेखि सम्पर्क विहिन भएर वैशाख १९ गते मृत भेटिएका थिए । त्यही दिनको सम्झनामा शोक सभा गरिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीका अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्द प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमको सञ्चालन समन्वय शाखाका सदस्य हरि जोशीले गर्नुभएको भने कार्यक्रममा पत्रकार, खेलाडी र खेलकुद कर्मचारी तथा पदाधिकारीको सहभागीता रहेको थियो ।

शोक सभामा स्वर्गीय पत्रकार भोम्जनको स्मृतिमा आगामी वर्षदेखि सुमन भोम्जन स्मृति खेलकुद पुरस्कार स्थापना गर्ने घोषणा गरिएको छ । मञ्चको कैलाली समन्वय शाखाले यो पुरस्कार हरेक वर्ष खेलकुदको क्षेत्रमा कमल चलाउने पत्रकार, खेलाडी प्रशिक्षक वा जुनसुकै खेलकुदसँग सम्वन्धित पदाधिकारीहरुलाई प्रदान गरिने छ । सुदुरपश्चिम क्षेत्रको खेलकुद विकासका लागि गरिएको कार्यको मुल्याकंन हुने शोक सभामा मञ्चका अध्यक्ष सीताराम ओझाले जानकारी दिनुभयो । पुरस्कारको राशी अहिले तोकिएको छैन । त्यस विषयमा सरोकारवाला सवैसँग सल्लाह गरी पुरस्कार राशी तोकिने र भोम्जनको ज्यान गएको स्मृतिमा वैशाख १९ गते प्रदान गर्ने विषयमा पनि छलफल गरिने मञ्चले जनाएको छ |

मकवानपुर जिल्ला पदम पोखरी गाविस ५ मा २०४२ साल जेठ २१ जन्मेका भोम्जनले २०६४ सालदेखि मकवानपुरबाट प्रकाशित नारायणी दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । राजधानी आई २०६६ मा नेपाल एफएममा काम गर्न थालेका उनी २०६८ सालदेखि गोरखापत्र दैनिकमा आवद्ध थिए । सुरेन्द्रवहादुर भोम्जन र विमला लामाका छोरा सुमन भोम्जन नेपाल खेलकुद पत्रकार मञ्चको मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता