१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना: ९ जना घाइते, दुईको अवस्था गम्भीर

२३ भाद्र २०७४, शुक्रबार ०६:०३

भदौ २३, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

डण्डाबाट भरतपुरका लागि छुटेको ना ४ ख ८२ २५ नम्बरको बस तिब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको रजहर प्रहरीले जनाएको ।

दुर्घटनामा परि घाइते भएका ७ जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको अवस्था गम्भीर छ । घाइते सबैको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

हराएकी १२ वर्षीयाबालिका फेला परिन्

यसैगरी गत मंगलबारदेखि हराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारी बस्ने एक बालिका फेला परेकी छिन् । 

आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता गुरुङ गत मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीहरुसँग दिउँसो १२ बजेको समयमा पौडी खेलिरहेको अवस्थामा हराएकी थिइन् । 

तीनजना साथी घर फर्के तर अस्मिता भने दाइको ससुराली सर्दी जान्छु भनी हिँडेको तर त्यहाँ नपुगेको र घर पनि नफर्केको अवस्थामा बिहीबार नवलपरासीको दाउन्नेपारि पोलटारी भन्ने ठाउँमा बसिरहेको अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह