२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राष्ट्रभाव झल्कने सातै प्रदेशका गीत सार्वजनिक

२०८२, २३ असार सोमबार १८:१०
काठमाडौँ ।   नेपाल सङ्गीत तथा नाट्य–प्रतिष्ठानले आज राष्ट्रियता झल्किने सात प्रदेशका उत्कृष्ट सात गीत र दुई वटा ‘म्युजिक भिडियो’ सार्वजनिक गरेको छ ।
देशभरबाट छानिएका र मौलिक संस्कृति झल्कने ती गीतसँगै सङ्गीत सार्वजनिक हुँदा गायक, सङ्गीतकार, गीतकार, कलाकार, मोडल तथा पत्रकारको उपस्थिति थियो । साङ्गीतिक माहोलका बीच दुई वटा म्युजिक भिडियो र सात वटा अडियो रेकर्ड भएका राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरिएको हो ।
नक्सालस्थित प्रज्ञा–प्रतिष्ठानको कार्यालय भवनमा आयोजित कार्यक्रममा ‘तीते तीते…’ र ‘लहविरे भाका’को गीतको म्युजिक भिडियो सार्वजनिक गरियो । गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरिएको राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका राष्ट्रिय भावनाले ओतप्रोत गीतको अडियो रेकर्ड पनि सार्वजनिक गरिएको हो ।
उक्त समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले राष्ट्रिय भावना र जनचेतना अभिवृद्धिका लागि म्युजिक भिडियो र गीत रेकर्ड गरिएको बताउनुभयो । उहाँले सुरुमा तीन वटा मात्रै गीत छनोट गर्ने कुरा भए पनि असाध्यै राम्रा प्राप्त भएकाले बजेट अभावका बीच पनि सातवटा छनोट गरिएको बताउनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राईले विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको सन्दर्भमा मौलिक नेपाली संस्कृतिको जगेर्ना र अभिवृद्धिका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक गरिएका म्युजिक भिडियो र अडियो प्रज्ञा–प्रतिष्ठानको ‘अफिसियल युट्युब च्यानल’मा अपलोड गरिएकाले हेरेर प्रतिक्रिया दिन अनुरोध गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव कुुश्मा महरा ‘प्रगति’ले अडियो रेकर्ड गरिएका सात वटै गीतको ‘भिजुअल’ बनाउने प्रतिबद्धता जनाउनुभयो । प्रतिष्ठानले आजै सार्वजनिक गरिएका भिडियोका निर्देशक र गीतका गीतकार, सङ्गीतकार र गायक गायिकालाई सम्मान गरेको छ ।
कुन गीतका सर्जक को ?
सार्वजनिक भएका भिडियोमध्ये शिक्षासम्बन्धी चेतना फैलाउने ‘तीते तीते…’ गीतको म्युजिक भिडियो अभि लामाले निर्देशन गर्नुभएको हो । यसको रचना प्रकाश सापकोटा, सङ्गीत महेश खड्का र गायन शान्तिश्री परियारको रहेको छभने कलाकारमा बिना रावत र अलि तामाङ छन् ।
त्यसै गरी पूर्वी पहाड ओखलढुङ्गाका वायुङ, थुलुङ र वाम्बुले समुदायले गाउँदै आएको लोपोन्मुख लहबिरे भाकाको गीतमा सङ्गीतकार लाहाङ सुब्बाको सङ्गीत संयोजन र गायक कुमार प्रयास, परेश राई र तेजकुमार राई तथा गायिका इन्द्रकला राई, मनमाबी राई र रश्मी राईको स्वर रहेको छ । यस गीतको म्युजिक भिडियो पनि निर्देशक अभि लामाले निर्देशन गर्नुभएको हो ।
राष्ट्रिय गीत लेखन प्रतियोगिता–२०८१ मा छनोट भएका सात प्रदेशका गीतमा कोशी प्रदेशबाट तेजकुमार राईको शब्दमा महेश खड्काको सङ्गीत, सन्दीप पनेरु र प्रिया पोखरेल पनेरुको स्वर छ ।
मधेस प्रदेशबाट लिलाराज दाहालको शब्द रचनामा बसन्त सापकोटाको सङ्गीत, प्रल्हाद तिमल्सिना र मनिसा सुनारले स्वर भर्नुभएको छ । त्यसैगरी बागमती प्रदेशबाट सृजना अर्यालको शब्दमा शान्तिराम राईको सङ्गीत तथा रोशन राईको गायन रहेको छ ।
लुम्बिनी प्रदेशबाट बसन्तकुमार आचार्यको गीतमा आशीष अविरलको सङ्गीत र स्वर छ । कर्णाली प्रदेशबाट क्षितिज समर्पणको गीतमा महेश खड्काको सङ्गीत, मिलन खपाङ्गी र मिना चौधरीले स्वर भर्नु भएको छ ।
सुदूरपश्चिमबाट धिरन नाथको गीतमा शान्तिराम राईको सङ्गीतमा रोशन राईको स्वर रहेको छभने गण्डकी प्रदेशबाट बाबुराम श्रेष्ठको गीतमा श्रीकृष्ण बम मल्लको सङ्गीत, लक्ष्मी मल्ल, सारिका घिमिरे, उषा गजुरेल र योगेश काजी शाहले स्वर दिनुभएको छ ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका चार कर्मचारीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा प्रदीप गुरागाईं, प्रवीन सापकोटा, ध्रुव वाग्ले र जगदीश सापकोट हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी