२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्छ’

२०७४, २३ भाद्र शुक्रबार १०:४६

भदौ २३, काठमाडौँ। एलपी ग्यास खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । 

उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले नेपाली नम्बर प्लेटका बुलेटलाई चाँडो सञ्चालन गर्नुपर्ने बताएका हुन् । 

बैठकमा उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले नेपाली बुलेट सञ्चालनमा ढिलाइ भएकाले यस विषयमा वाणिज्य, आपूर्ति र परराष्ट्र मन्त्रालयलाई संयुक्त छलफलका लागि बोलाइने बताउनुभयो । उहाँले समितिले दिएको निर्देशनलाई आपूर्ति मन्त्रालयले पालन नगरी आफ्नो दायित्वबाट भाग्न खोजेको आरोपसमेत लगाउनुभयो । 

संयोजक ठकुरीले व्यवसायीले चाडपर्वका बेला हडताल गर्न खोजेको भन्दै हडतालको विषयमा गम्भीर हुन आग्रहसमेत गर्नुभयो । 

सांसद नारायणबहादुर कार्कीले लामो समयदेखि बुलेट समस्या समाधानमा मन्त्रालयले आलटाल गरिरहेको आरोप लगाउँदै नेपाल आयाल निगमले व्यवसायीलाई लगानी गर्न आह्वान गर्ने तर लगानीको सुरक्षाप्रति उदासीन रहेको छ भन्नुभयो । 

सांसद शयन्द्र वान्तवाले नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालनमा एकले अर्कालाई दोषारोपण गर्नुभन्दा यसलाई कसरी समाधान गर्ने भन्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । 

सांसद राज्यलक्ष्मी श्रेष्ठले नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालन सम्बन्धमा आपूर्ति मन्त्रालय र नेपाल आयल निगम गम्भीर नभएको आरोप लगाउनुभयो । 

सांसद आदित्यनारायण कसौधनले समितिले एक वर्ष अगाडि उठाएको कुरा अहिलेसम्म पनि पूरा नहुनु मन्त्रालयको कमजोरी रहेको बताउनुभयो । 

सांसद दीपक कार्कीले कूटनीतिक पहलबाट बुलेट सञ्चालनमा देखापरेको समस्या चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभयो । 

आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा बुलेट सञ्चालनलाई सहज बनाउनका लागि छलफलको बुँदा बनाएको जानकारी दिंदै ग्यास आपूर्तिलाई सहज बनाउन र नेपाली नम्बर प्लेटका बुलेट नै सञ्चालन होस् भन्ने पक्षमा मन्त्रालय रहेको उल्लेख गर्नुभयो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आयल निगमले नेपाली नम्बरप्लेटका बुलेट सञ्चालनका लागि भारतीय पक्षलाई पटक–पटक आग्रह गरे पनि उनीहरुले बेवास्ता गरेको आरोप लगाउनुभयो । 

ग्यास व्यवसायी सङ्घका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले आयाल निगमले २०७२ असोज ८ गते ७७५ नेपाली नम्बर प्लेटका बुलेट सञ्चालनमा स्वीकृति दिए पनि अहिलेसम्म सञ्चालन हुन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो । उहाँले १५ दिनसम्म नेपाली नम्बर प्लेट बुलेट सञ्चालनमा ठोस कदम नचाले सङ्घ अप्रिय निर्णय लिन बाध्य हुने स्पष्ट पार्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ